बर्दिया,असोज २२(फरकसमाचार) / केरा जोन संचालन समन्वय समितिको संयोजकमा शम्भु प्रसाद अधिकारी चयन भएका छन् । केरा जोन संचालन समन्वय समिति पुर्नगठन भेलाको सर्वसहमतिमा शनिबार केरा जोन संचालन समन्वय समितिको संयोजकमा अधिकारी चयन भएका हुन् ।
अधिकारीको संयोजकत्वमा ९ सदस्यको समन्वय समिति गठन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ बर्दियाका प्रमुख कृष्णा धितालले बताए । ‘केरा खेती अनुदानको कार्यक्रममा सहजीकरण गर्ने उदेश्यले केरा जोन समन्वय समिति गठन गरिएको छ’ प्रमुख धितालले भने,‘गठन भएको समन्वय समितिको कार्य अवधि दुई वर्षको हुनेछ ।’
केरा जोन संचालन समन्वय समितिको सदस्यमा नारायण रावल, परे चनारा, गणेश लामिछाने, गीता राना, दिपक राज विक, टिका कुमारी शमशेली, जीत कुमारी योगी र मन्जु यादव छन् ।