सोमबार, असोज २२, २०८०
मा प्रकाशित
1263
Shares
काठमाडौं, असोज २२ / सरकारले मंगलबार (भोलि) राष्ट्रिय शोक घोषणा गरेको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो।
इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा सरकारले राष्ट्रिय शोक घोषणा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय पनि गरिएको उनले बताइन्।नागरिकन्युजबाट साभार