पौराणिक लोक नृत्य प्रतियोगिता हुँदै
बुधबार, असोज २४, २०८० मा प्रकाशित

मेनका चौधरी

बर्दिया,असोज २४/ बारबर्दिया नगरपालिकामा पौराणिक लोक नृत्यु प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । बारबर्दिया नगरपालिकामा यहि असोज २६ र २७ गते पौराणिक लोक नृत्य प्रतियोगिता हुने भएको हो ।

‘भाषा सँस्कृति ओ साहित्य संरक्षण करी,पुर्खनिया कलासिप लौव पुस्ता हे हस्तान्तरण करी’भन्ने मुल नारासहित पर्यटन डिभिजन कार्यालय कोहलपुरको सहयोग र राष्ट्रिय थारु कलाकार मञ्च जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा पौराणिक लोक नृत्य प्रतियोगिता हुने भएको छ । पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत साँस्कृति कार्यक्रममा पौराणिक लोक नृत्यमा ६० टिम सहभागि हुने र ४० जना राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

राष्ट्रिय थारु कलाकार मञ्च, जिल्ला कार्यसमिति बर्दियाको अध्यक्ष प्रदेशी चौधरी (दर्पण कुसुम्य) को अनुसार प्रतियोगितामा बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिकाको तिन विधाको पौराणिक लोक नृत्यलाई प्राथमिकता दिने बताए । आदिवासी जनजाती समुदायमा रहेका पौराणिक लोक कलाको संरक्षण प्रोत्साहन गर्ने, बर्दियाली कलाकारको मनोबल बढाउने, कला तथा गीत संगित जगेर्ना गर्दै सक्रिय गराउने र सहभागीतामा बृद्धि गर्ने उदेश्य रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

त्यसैगरी पौराणिक लोक कला नयाँँ पुस्तालाई हस्तान्त्रण गर्न सहयोग पुयाउने, पौराणिक लोककला संरक्षण गर्ने तथा सम्मान गर्ने स्थानिय रैथाने खानपानको व्यावसायीकरणमा टेवा पुर्याउने, बर्दिया जिल्लामा रहेका ऐतिहासिक, साँस्कृतिक तथा पौराणिक स्थलको प्रचार प्रसारसँगै बर्दियाली कलाकारको प्रस्तुतिमा मनोरञ्जन दिने सुनाए ।

१० जना पौराणिक लोककला संरक्षणकर्ता तथा सर्जक, थारु कला सँस्कृति जर्गेनाको लागी कलम चलाउने १० जना पत्रकार, थारु कला सँस्कृति संरक्षणमा योगदान पु¥याउने १० वटा संघ संस्थालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागि हुने मध्ये प्रतियोगिता मध्येका उत्कृष्ट ३ समुहलाई २० हजारको दरले नगद पुरस्कार र सहभागि हुने प्रतियोगीहरुलाई सानत्वना पुरस्कार दिने आयोजकको योजना छ । प्रतियोगिताको प्रमुख अतिथि लुम्विनी प्रदेशका सांसद राज कुमार चौधरी रहने जनाईएको छ । प्रतियोगितामा १२ लाखसम्म खर्च हुने अनुमान आयोजकको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय