अबैध सामानसहित एक भारतीय नियन्त्रण
बुधबार, असोज २४, २०८० मा प्रकाशित

बर्दिया,असोज २४(फरकसमाचार) / अबैध सामानसहित एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छली अबैध रुपमा ल्याउदै गरेको सामानसहित भारतीयलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।

गुलरिया नगरपालिका–६ स्थितबाट अबैध सामानसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार मुल्य रु ८ हजार १ सय ७० बराबरको किराना सामान बरामद भएको छ । सामान ल्याउन प्रयोग गरिएको साइकल एक थान र भारत जिल्ला बहराईच थाना मोतिपुर ग्राम भगडिया बस्ने ३० वर्षिय सदाम शेषलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बरामद सामान र शेषलाई आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर