दलालहरुले देशको साधनस्रोत लुटिरहेका छन् : माधव नेपाल
बिहिबार, असोज २५, २०८० मा प्रकाशित

बर्दिया,असोज २५(फरकसमाचार) / दलालहरुले देशको स्रोतसाधन लुटिरहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले बताएका छन् । ‘मेची महाकाली समाजवादी जागरण अभियान’का क्रममा बर्दियाको सदरमुकाम गुलरिया आएका अध्यक्ष नेपालले बुधबार यस्तो बताएका हुन् ।

‘भष्टाचारको कारणले हाम्रो नीतिहरु देशको हितमा र जनताको हितमा बन्न सकेका छैनन्’अध्यक्ष नेपालले भने,‘दलालहरुले देशको साधनस्रोत लुटिरहेका र जनतालाई चुसिरहेका छन् ।’ देशलाई बर्बाद बनाईरहेका छन् । देशमा रोजगारी नपाएर युवाहरु विदेश जान बाध्य छन् । ‘चाडपर्वको मुखमा अहिले भर्खरै दुखद घटना घटेको छ’अध्यक्ष नेपालले भने,‘काम गर्ने र सिक्ने योजना अन्र्तगत नेपालका विद्यार्थीहरु इजरायलमा मारिएका छन् ।’ केही सिकेर आउँला, कमाएर आउँला, घरपरिवारको पालन पोषण गरौला भन्ने सपना बोकेर गएका नेपाली विद्यार्थीहरु युद्धमा शिकार बनेका छन् । उनीहरुको पार्थिव शव र नेपालीलाई छिटो भन्दा छिटो उद्दार गर्न हाम्रो पार्टीले सरकारलाई दबाब दिईरहेको जिकिर गरे ।

दलाली गरेर जीवन धान्ने, दलाली गरेर देशको सम्पत्ति लुटेर, जनतालाई ठगेर बलियो हुने प्रवृतिलाई नियन्त्रण गर्नुपर्छ । मेहनत गरेर आफ्नो पसिनाको कमाईबाट बाच्ने प्रवृतिलाई उत्साहित गर्नुपर्छ । यस देशमा उदाहरणीय काम गर्ने कम्युष्टि पार्टी रहेको नेपालले सुनाए ।
जनताको समस्या बुझन् र त्यसको समाधानको उपाय अघि सार्ने क्रममा सुकुम्बासीहरुले जग्गा पाउनुपर्छ, कमैया, मुक्त कमलरी, बाढी पिडित र मुक्त कमैयाको समस्या सम्बोधन गर्न मेची महाकाली समाजवादी जागरण अभियान चलाएको भनाई राखे ।

यसको लागि पार्टीलाई बलियो बनाउन आग्रहसमेत गरे । ‘पार्टी बलियो भए मात्र हाम्रो कुरा सबैले सुन्ने छन्’अध्यक्ष नेपालले भने,‘ यदि पार्टी कमजोर भयो भने हाम्रो कुरा कसैले सुन्ने छैनन् ।’ पार्टी बलियो बनाउन युवाहरुलाई पार्टी प्रति आकर्षित गर्न, अरु पार्टीमा रहेका राम्रा व्यक्तिलाई आफ्नो पार्टीमा तान्न, कतै नलागेका मानिसमा आशा जगाउन र पार्टी विस्तार गर्न भनाई राखे ।

कृषिको समस्या सबै भन्दा ठुलो समस्याको रुपमा लिएका छौं । कृषि क्षेत्रको समस्या समाधान भयो भने अरु धेरै क्षेत्रका समस्या समाधान गर्न सकिन्छ । धेरै कुराको सुरुवात कृषिबाट हुन्छ । यसको समाधान गरे मात्र जनताले रोजगार पाउन सक्छन् र जीवन यापनका उपाय पाउन सक्छन् । यसको लागि राज्यले किसानलाई सहयोग उपलब्ध गराउनुपर्छ ।

सिचाईको प्रबन्ध, मलखाद, बिउ, बजारको व्यवस्था, सरकारले दिनुपर्ने सेवाहरु, कृषि आधुनिकीकरण, यन्त्रीकरण, व्यवसायीकरण गर्ने विषयहरु हामीले अभियानमा उठाईरहेको सुनाए । ‘मेची महाकाली समाजवादी जागरण अभियान’ असोज १३ गते झापाको काँकरभिट्टाबाट सुरु भएको जनाए । ११औं दिनमा बर्दिया पुगेका छांै, यस १५ दिने अभियान असोज २९ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न हुने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय