बर्दिया,असोज २६(फरकसमाचार) / संघिय निजामती सेवा ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन ल्याउन स्थानीय तहका कर्मचारीहरुले आन्दोलित भएका छन् । जिल्लाको आठ वटै स्थानीय तहका कर्मचारी आन्दोलित भएपछि अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु अबरुद्ध भएका छन् । सेवाहरु अबरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती व्यहोर्नु परेको छ ।
११ बुँदे मागसहित स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । विगत १२ दिन देखि कर्मचारीहरु पालिकाको मुल गेटमै कालो रिवन हातमा बाँधेर विरोध प्रदर्शन गरिरहेका छन् ।
तीन वटै तहका कर्मचारीलाई समान अधिकार दिई एकिकृत निजामती सेवा ऐन ल्याउन देशभरिका स्थानीय तहका कर्मचारी आन्दोलित भएको गुलरिया नगरपालिका प्रशासन शाखाका प्रमुख कपिल घिमिरेले बताए । ‘निजामती सेवा ऐन संसदमा टेबुल हुदैछ’शाखाका प्रमुख घिमिरेले भने,‘त्यसमा निजामती कर्मचारीलाई क्याटोराईज गरिएको छ ।’
स्थानीय तहका कर्मचारीलाई अपहेलित गरिएको छ । स्थानीय तहका कर्मचारीलाई सरुवा बढुवामा समेत दबाईएको छ । जसले गर्दा संघिय निजामती सेवा ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन ल्याउन हाम्रो माग रहेको घिमिरेले जनाए ।