दशैँको मुखमा आगलागी पीडितलाई लुम्बिनी सरकारबाट आर्थिक राहत
शुक्रबार, असोज २६, २०८० मा प्रकाशित

दीपकलाल श्रेष्ठ

बर्दिया,असोज २६/ आगलागी पीडितलाई लुम्बिनी प्रदेश सरकारले आर्थिक राहत हस्तान्तरण गरेको छ । गेरुवा गाउँपालिका – ५ का आगलागी पीडित परिवारलाई लुम्बिनी प्रदेश सरकारले शुक्रबार आर्थिक राहत हस्तान्तरण गरेको हो ।

विस २०७९ साल चैत २६ गते आगलागीबाट ४ घर पुर्ण रुपमा क्षति भएका थिए । जलेर पुर्ण रुपमा क्षति भएका ४ घर परिवारलाई रु ३०/३० हजारका दरले राहत रकम लुम्बिनी प्रदेश नेपाली काङ्ग्रेस प्रमुख सचेतक एवंम सांसद जन्मजय तिमल्सिनाले हस्तान्तरण गरेका छन् ।

एक घरमा ग्यास सिलिन्डर विस्फोट भएर सुरुवात भएको आगलागी छिमेकी ३ घरमा समेत पूर्ण रुपमा क्षति पु¥याएको थियो ।
‘आफ्नै गाउँमा आगलागीबाट भएको जानकारी पाए लगत्तै केहि दिन मै जिल्ला विपद व्यवस्थापन कोष बर्दियाबाट छिटै राहत रकम हस्तान्तरण गरिएको थियो’ सांसद तिमल्सिनाले भने,‘लुम्बिनी प्रदेश सरकारबाट पनि आगलागी पीडितलाई राहत स्वरूपको रकम दशैँको मुखमा हस्तान्तरण गर्न पाउँदा ४ वटै घर परिवारलाई थोरै भए पनि राहत हुने छ ।’

आगलागी पछि परिवारलाई जिल्ला विपद व्यवस्थापन कोष बर्दियाबाट रु १५/१५ हजार हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए ।

लुम्बिनी प्रदेश सरकारबाट दशैंको समयमा राहत स्वरूपको रकम उपलब्ध गराउँदा यसले हामीलाई थोरै भए पनि राहत हुने आगलागी पीडित लाछुमाया बमले बताए । आगलागीबाट लाछुराम बम, बिष्णु बहादुर बम, शर्मिला शाहि र विपना बमको घर पूर्ण रुपमा क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय