साना किसान कृषि सहकारी संघ लिमिटेडको १४औं साधारण सभा सम्पन्न
शनिबार, असोज २७, २०८० मा प्रकाशित

बर्दिया,असोज २७ / श्री साना किसान कृषि सहकारी संघ लिमिटेड बर्दियाको १४औं साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष हरि बहादुर अधिकारीको अध्यक्षतामा गुलरियामा एक औपचारिक कार्यक्रम गर्दै ८ वटै पालिकाका सहकारीमा आबद्ध सदस्यहरुको उपस्थितीमा शुक्रबार कार्यक्रम गरिएको हो । संघका अध्यक्ष अधिकारीले सस्थाको वार्षिक निति, कार्यक्रम तथा बजेट प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साना किसान सहकारी संस्थाको पुंजी धेरै ठुलो भईसकेको जानकारी गराउँदै पुजीलाई लगानी गर्दा सावधानी अपनाउनु पर्ने आवश्यकता रहेको अधिकारीले जोड दिए । लगानी गर्ने विषयमा सावधानी नअपनाए कानुनी प्रक्रियाबाट पनि असुल उपर गर्नको निम्ति कठिनाई आईपर्ने बताए । सदस्यहरुले संस्था प्रति अपनत्वको भावना जागृत हुनुपर्ने आवश्यकता रहेको औंल्याए ।

सहकारी संस्था प्रति लाग्दै आरोपबाट मुक्त हुने गरि कार्य गर्न निर्देशन दिए । अध्यक्ष अधिकारीले बर्दियाको सहकारी तथा किसान एवं कृषिको अभियानलाई सफल बनाउन अनाव्रत लागि रहेको हुनाले अगामी दिनहरुमा प्रत्येक कार्यालयहरुमा अनुगमन गर्ने कुरामा पनि जोड दिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल कृषि सहकारी संघका केन्द्रिय उपाध्यक्ष पुर्ण शर्माले बर्दिया जिल्ला समस्या नै समस्यासंग गुज्रीरहेता पनि ए प्लस अंक ल्याएर पुरस्कृत भएको र नेपालगंज शाखाको कुल लगानी ४ अर्बको ५५ प्रतिशत ऋण खेलाएकोमा आफुलाई खुशी लागेको बताए । गाउँ गाउँमा आधारभुत तहमा गई शेयर सदस्यहरुलाई संस्था प्रति अपनत्वको भावना जगाई नाफा नोक्सानको समेत वहन कसरी गर्ने भन्ने विषयमा सचेतनाको आवश्यकता रहेको सुनाए ।

संस्था बारे थप गहिराईमा जानकारी दिन उत्कृष्ट अधिवक्ता ल्याई सहकारीको ऐनको बारेमा वुंदावुंदा अध्यायन गर्न र बुझन जरुरी रहेको शर्माले जोड दिए । सहकारीमा आवद्ध व्यक्ति वा संचालकहरु दुवै समयमा सचेत वा चिन्तित हुन नसक भोलीका दिन गाह्रो पर्ने समेत उनले सचेत गराए । उत्पादित बस्तुको बजारीकरण गर्न नसके तापनि उत्पादन गरेको बस्तु खराब नहुने र नसड्ने बस्तुको बजारीकरण गर्न सकिने भएकोले सुरुवात गर्न संघलाई शर्माले अनुरोध गरे ।

१४ औं साधारण सभाको उद्घाटन सत्रमा साना किसान कृषि सहकारी संघ नेपालगंजका वितिय शाखा प्रबन्धक शेर बहादुर चौधरी, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, साना किसान कृषि सहकारी संघ, लुम्बिनी प्रदेश सदस्य सिता अर्याल लगाएतका वक्तहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष तथा संचारकर्मीहरुको पनि सहभागीता रहेको थियो ।

श्री साना किसान कृषि सहकारी संघ लिमिटेड गुलरिया बर्दियाको कार्य समितिमा अध्यक्ष हरि बहादुर अधिकारी, उपाध्यक्ष प्रतिमा चौधरी, सचिव डम्बर केसी, कोषाध्यक्ष कमला अधिकारी, सदस्यहरुमा जगनाथ कडेल, सन्तोषी चौधरी, शोभाखर उपाध्याय रहेको संस्थाका अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय