६८औं प्रहरी दिवसको अवसरमा ८७ जनाले गरे रक्तदान
आइतबार, असोज २८, २०८० मा प्रकाशित

दीपकलाल श्रेष्ठ

बर्दिया,असोज २८/ ६८औं प्रहरी दिवस २०८० को अवसर पारेर ८७ जनाले रक्तदान गरेका छन् । बर्दियाको बनियाभारमा शनिबार गरिएको बृहत् रक्तदान कार्यक्रम ८७ जनाले रक्तदान गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बनियाभारको आयोजना तथा नेपाल स्वंमसेवी रक्तदाता समाज बारबर्दिया नगर समिति र नेपाल रेडक्रसको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको ईलाका प्रहरी कार्यालय बनियाभारका प्रहरी निरीक्षक मनिष श्रेष्ठले बताए । रक्तदान कार्यक्रममा प्रहरी कर्मचारी र बारबर्दिया नगर भित्रका स्थानीय गरि करिब ८७ जनाले रक्तदान गरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले रक्तदान नै जीवन दान भएकाले उमेर समुह पुगेका हरेक व्यक्तिले रक्तदान गर्नु पर्ने र रगत अभावमा कसैको पनि ज्यान जान नहुने भन्दै यस्तो मानवीय सेवामा समर्पित हुन सबैलाई आह्वान समेत गरे ।

६८औं प्रहरी दिवसमा ईलाका प्रहरी कार्यालय बनियाभारले रक्तदान कार्यक्रम गरेर सराहनीय कार्य गरेकोमा धन्यवादको पात्र समेत रहेको नगर प्रमुख चौधरीले सुनाए । प्रहरीले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर