दीपकलाल श्रेष्ठ
बर्दिया,असोज २८/ बर्दियाको समग्र विकासका लागि जिल्लाको प्रतिनिधित्व गरेर लुम्बिनी प्रदेसमा पुगेका सबै माननीय सांसदहरु एकवद्ध रहेको लुम्बिनी प्रदेस सांसद एवम् नेपाली काँग्रेस प्रमुख सचेतक जन्मजय तिमल्सिनाले बताएका छन् । बारबर्दिया नगरपालिका–५ को बर्दिया गाउँमा थारु कलाकार मञ्चद्वारा आयोजित बृहत थारु पौराणीक लोक नृत्य प्रतियोगिताको उद्घाटन कार्यक्रममा सांसद तिमिल्सिनाले यस्तो बताएका हुन् ।
जिल्लाको बिकासका लागि बर्दियाको प्रतिनिधित्व गरेर प्रदेशमा रहेका माननीयहरु जिल्लाको विकासका लागि सदैव एक भएर लागि परेको बताउँदै प्रदेस सरकारले जिल्लालाई आर्थिक उन्नतिको बाटोमा हिँडाउने प्रयासको सुरुवात भईसकेको प्रष्ट्याए । लुम्बिनी प्रदेस सांसद भुवनेश्वर चौधरीले अबको समय विकासको समय भएकोले बर्दिया जिल्ला लुम्बिनीकै विकासको सम्वाहक जिल्ला बनेको बताए ।
बर्दिया थारु बाहुल्यता भएको जिल्ला रहेकोले थारु संस्कृती र संस्कारलाई पर्यटनसंग जोडेर अगाडि बढ्नु पर्ने लुम्बिनी प्रदेश सांसद राजकुमार थारुले बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रालयका मन्त्री धर्मबहादुर चौधरी, बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल चौधरी, उपप्रमुख रत्ना पाण्डेय लगायतको सहभागीता रहेको थियो ।