गुलरियामा रामलिला आज
बर्दिया,असोज २८(फरकसमाचार) / दसैको पूर्व संन्ध्या तथा घटनाथापना दिन देखि गुलरियामा रामलिला सुरु हुदैछ । दश दिन सम्म चल्ने राम लिलामा भक्तजनले रमाईलो गर्ने आयोजकको विश्वास लिएको छ । आज आईतवार देखि सुरु हुने रामलिला दश दिन सम्म चल्नेछ ।
गुलरिया वडा नं ७ स्थित बगैचा नजिक सुरु हुने रामलिला यस वर्ष पनि आयोजनकले दोहोराएको छ । बर्षो देखि रामलिलाको व्यबस्थापन गर्दै आएका गुलरिया वडा नं. ७ का अध्यक्ष तथा समाजसेवी मनोज यादवले यस वर्ष पनि रामलिला भब्य र सभ्य रुपमा मनाउन गुलरियाबासीलाई आह्वान गरेका छन् । सस्कृति झल्काउँन र सनातन धर्मवालम्बि रुचि रहेको रामलिला महोत्सव दर्शक मनारेन्ज लिने आयोजकले विश्वास लिएको छ ।
हामीहरुले हेरेर रमाएको धार्मीक रामलिला नयाँ पुस्तालाई देखाउँन आयोजना गरेका हौ’वडा अध्यक्ष यादवले भने,‘ रामलिला महोत्सव सफल पार्न सबैको सहयोग पाएका छौ,सबै धर्मावलम्बिको सहभागिताले खुला मैदानमा हुने रामलिला सफल पार्ने विश्वास लिएका छौ ।’ आईतवार देखि सुरु हुने रामलिला हेर्न आएर सयौको संख्यामा दर्शकले नाच गान गर्नेछन् । रातीमा हुने रामलिलामा सुरक्षा प्रदान गर्न प्रहरीलाई अनुरोध गरेको उनले बताए ।
राति ७ बजे देखि ११ बजे सम्म रामलिला संचालन हुनेछ । दशमिको दिन रावणलाई मारिन्छ । धार्मीक ग्रन्थ तुल्सीकृत रामायण कथाको आधारित रहेर कलाकारले प्रस्तुति गर्नेछन् । भारतको धार्मीक नगरी अयोध्या देखि आएका कलाकारले बिशेषत ः कलाकारीताको माध्यमबाट रामायण कथामा आधारीत रहेर गरिने प्रस्तुतिले दर्शकको मनजित्ने छ ।
धार्मीक रामलिलाले लोक सस्कृतिको जगेर्ना गर्ने छ । ‘२५ बर्ष अघि हेरेको राम लिला हेर्न पाईएको छ ,’उनले भने,‘यो सकारात्म पक्ष हो, हेर्दा जसले गाउँ समाजमा संस्कार र थितिको विकास गर्छ ।’ नयाँ यूवा यूवतिलाई धार्मीक कार्यक्रमले पुरानो कल्चरको बारेमा जानकारी दिने आयोजकले बताएको छ ।