मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सोमबार, असोज २९, २०८० मा प्रकाशित

बर्दिया,असोज २९(फरकसमाचार) / मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गुलरिया नगरपालिका–११का ६० वर्षिय इस्माइल खाँ मृत्यु भएको हो ।

शक्तिपुरबाट गणेशपुरतर्फ आइरहेको मोटरसाइकलले सडक पार गर्दै गरेका पैदलयात्री खाँलाई आइतबार साँझ ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते भएका खाँलाई उपचारको लागि बाँकेको नेपालगंज स्थित शिक्षण अस्पतालमा पु¥याईएको थियो ।

उपचारको क्रममा खाँको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । खाँलाई ठक्कर दिएको भे ७ प ८६०४ नंम्बरको मोटरसाइकल र चालक बढैयाताल गाउँपालिका–९ का सुकदेव थारुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय