बर्दिया,असोज ३० / समान क्षेत्रफल रहेको भौतिक संरचना विवरणको मनोमानी तरिकाले राजश्व उठाउँदा ठाकुरबाबा नगरपालिकाका सर्वसाधारण मर्कामा परेका छन् । सामान क्षेत्रफलमा सयांै गुणा बढि राजश्व असुलिको बिरोध भएपछि राजश्व शाखाको गडबडि भएको भन्दै नगरपालिका पन्छिएको छ ।
तर नगरपालिकाले असुल गरेको राजश्व फिर्ता माग गर्दा आनाकानी गरेको पिडितको आरोप छ । बढि राजश्व उठाएको बिषयमा नगर प्रमुख तिलकराम लम्साल र कार्यकारी अधिकृत रामहरि रिजाल वेवास्ता गरेकोमा पिडितले आपत्ति जनाएका छन् । मनलाग्दी राजश्व असुलि गर्दा पिडित भएको ठाकुरबाबा नगरपालिका–४ का झवारी थारुले बताए । ‘दाई र भाईको समान क्षेत्रफलको जग्गामा ज्यादति तरिकाले राजश्व असुल गर्दा मर्कामा परेको छु’उनले भने,‘हामी माथी परेको अन्यायमा बोल्दिने कोहि छैन ।’
ठाकुरबाबा नगरपालिका–४ का झवारी थारुले माटोको जोड रहेको ३ सय ३६ वर्गफिट क्षेत्रफलको भौतिक संरचनाको जम्मा रु ३ हजार ६ सय ६४ दशमलव ८५ बुझाएको पाईएको छ । त्यसैगरी आईवारी थारुले माटोको जोड रहेको ३ सय ३६ वर्गफिट र सिमेन्टको जोड रहेको ५ सय १३ वर्गफिट क्षेत्रफलको भौतिक संरचना विवरणको जम्मा रु ६ सय १९ दशमलव ६ मात्र तिरेका छन् ।
त्यसैगरी पटवारी थारुले माटोको जोड रहेको १ हजार २४ वर्गफिट क्षेत्रफल रहेको भौतिक संरचनाको जम्मा रु ६ सय ९९ दशमलव ३६ तिरेको सम्पत्ति÷मालपोत रेकर्डमा देखिन्छ । समान क्षेत्रफलको जग्गामा पिडितले पाएका तीन वटा रसिदमा फरक फरक राजश्व नगरपालिकाले लिएको फेला परेको हो । त्यस मध्य झवारी थारुको ३ सय ३६ बर्ग मिटरको जग्गामा सबै भन्दा बढि ३ हजार ६ सय ६४ दशमलब ८५ असुल गरेपछि तथ्य बाहिर आएको हो ।
ठाकुरबाबा नगरपालिका–४ वडा कार्यालयका कर्मचारी चन्द्र कुमारी थारुले राजश्व असुल गरेको नगदी रसिदको बिबिरणमा देखिन्छ । झवारीको माटोको जोड र आईवारी थारुको माटोको जोडको भौतिक संरचनाको क्षेत्रफल समान छ । त्यसैगरी आईवारीको सिमेन्टको जोड भौतिक संरचनाको राजश्व असुलेको कम देखिन्छ । तर माटोको जोड रहेको भौतिक संरचनाको रु ३ हजार ६ सय ६४ लिएको देखिन्छ । त्यसैगरी आईवारी थारुको दुई वटा भौतिक संरचनाको क्षेत्रफलको जम्मा रु ६ सय १९ लिएको पाईएको छ ।
राजश्व शाखाको सिस्टम गडबडिलाई देखाएर राजश्व बढि असुल गर्दा सर्वसाधारणलाई मर्का परिरहेको छ । वडा नं ४ स्थित जग्गाको राजश्वमा देखिएको यो एउटा प्रतिनिधि घटना हो । जनप्रतिनिधि जबरजस्तीमा कर लगायतका अन्य सिस्टममा कर्मचारी निरह बन्दा ठाकुरबाबा नगरपालिकाको ९ वटा वडामा समस्या बिकराल बन्दै गएको स्थानीय बताउँछन् । ६ सय १९ हुनु पर्नेमा ३ हजार ६ बढि असुल गर्दा पिडित नगरपालिका प्रताडित गरिरहेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को लागि वडा नंम्बर ४ ले गरेको राजश्व संकलनमा सयौ किसानसँग राजश्व असुलीमा मनोमानी हुँदा पिडित झन पिडित बन्दै गएका छन् ।
वडा कार्यालयले यसरी व्यक्तिसँग विभेद गर्दा स्थानीय चिन्तित भएका छन् । पावर र पहँुचमा रहेका व्यक्तिहरुलाई वडा कार्यालले राजश्वमा विषेश छुट दिईरहेको जनप्रतिनिधिलाई आरोप छ । बढि राजश्व असुल भएको सचिव मिना तिमिल्सेनाले स्वीकारीन । ‘हाम्रो गल्ती होईन,राजश्व शाखाको सिस्टमको गल्ती हो’उनले भनिन्,‘मर्कामा परेका पिडितबाट बढि उठेको राजश्व फिर्ता दिनु पर्छ ।’स्रोत नागरिकन्युज
समान क्षेत्रफलमा यसरी मनोमानी तरिकाले राजश्व असुल गरिएको देखिन्छ :