हावाहुरीसहितको बेमौसमी वर्षातले किसान चिन्तित
बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित

बर्दिया,कातिक १(फरकसमाचार) / हावाहुरीसहित सोमबार साँझ भएको वर्षातले किसान चिन्तित भएका छन् । हावाहुरीसहितको वर्षातले भित्रियाउन तयारी अवस्थामा रहेको धानबाली नोक्सान हुने त्रासले किसानहरु चिन्तित भएका हुन् ।

वर्षातले भित्र्याउन तयारी अवस्थामा रहेको अधिकांश किसानहरुको धानबाली खेतमा भिजेको छ । भर्खर काट्न सुरु गरेका किसानको धानबाली हावाहुरीले यत्रतत्र फिजारेको छ । काटिसकेको धानको खेतमै थुप्रो लगाएका छन् । भिजेको धान राख्ने प्रयाप्त ठाउँ नहुँदा र मौसम खराबीको संकेतले किसानमा झन् चिन्ता बढेको छ ।

एक पानीले धानबालीलाई खासै नोक्सान नहुने गुलरिया नगरपालिका–आशापुरका बिरेन्द्र बानियाले बताए । ‘वर्षातले खेतमा पानी भरेको छैन’ बानियाले भने,‘धान काट्न सुरु गरेका किसानको धान भिजेको छ ।’ अरु वर्षात भयो भने धानबाली नोक्सान हुने डर छ । यदि वर्षात भएन भने खासै डर नहुने बानियाले जनाए ।

बर्दियामा भर्खर धान काट्न सुरुवात भएको एकिकृत कृषि तथा पशुपंन्छी विकास कार्यालयका प्रमुख सागर ढकालले बताए । ‘एक पटक भिज्दैमा धान बिग्रिने होइन’ प्रमुख ढकालले भने,‘भिजेको धानलाई निकालेर पानी सुक्ने ठाउँमा राखे नोक्सानी हुदैन ।’ एक दिनको पानीले धानबालीमा क्षति भएको छैन । निरन्तर पानी पार्यो भने धानबाली क्षति हुने सम्भावना हुन्छ । पकेको धानबाली खेतमा ढलेको छ, ढलेको धान छिटो काटिएन भने तलको चिसोले उम्रिन सक्ने प्रमुख ढकालले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय