बिदाको दिनमा सरकारी सवारी नचलाउन चेतावनी
शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित

बर्दिया,कात्तिक ३ (फरकसमाचार) / बिदाको दिनमा सरकारी सवारी साधन नचलाउन मधुवन नगरपालिकाले चेतावनी दिएको छ । मधुवन नगरपालिकाले बिहीबार सुचना मार्फत जनप्रतिनिधि र कर्मचारीलाई बिदाको दिनमा सवारी नचलाउन चेतावनी दिएको हो । बिदाको दिनमा सरकारी सवारी चलाएको पाईएमा फिर्ता लिईनेसमेत नगरपालिकाले चेतावनी दिएको छ ।

मधुवन नगरपालिकाको नाममा रहेका गाडी र मोटरसाइकल कामकाज प्रयोजनको लागि जनप्रतिनिधि र कर्मचारीले बुझिलिई प्रयोग गर्दै आएको जनाईएको छ । कार्यालय संचालन हुने दिन बाहेक बिदाको दिनमा प्रयोग नगर्न मधुवन नगरपालिका अनुरोध गरेको छ । अति आवश्यक परेर प्रयोग गर्न परेमा जिल्ला प्रशासन कार्यालयबाट पास लिन पर्ने मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले जनाएका छन् ।

पछिल्लो समयमा सरकारी सवारी साधन व्यक्तिगत प्रयोजनका लागि कर्मचारीहरुले बिदाको दिनमा खुलेआम प्रयोग गरेको पाईन्छ । तर सम्बन्धित निकायले बिदाको दिनमा प्रयोग हुने सवारी साधनलाई सोधखोज नगर्दा सरकारी सवारीसाधनको धज्जी उडिरहेको अधिकांश सर्वसाधारणले प्रतिक्रिया दिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर