दशैंको बेला अतिबिपन्न परिवारलाई खाद्यान्न सहयोग
शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित

बर्दिया,कात्तिक ३(फरकसमाचार)/ यति बेला चारैतिर दशैंको रौनक छ । महान् पर्व मनाउन अधिकांशले किनमेल गरि तयारीमा जुटिरहेका छन् । तर कुनै जुगाड नहुने अतिबिपिन्न परिवारको लागि भने दशैं दशा जस्ता बनेको छ । त्यहि पिडामा गुलरिया नगरपालिका–८ सुरजपुर जाजरकोटी बस्तीका बृद्ध दुधे घर्तिको परिवार छ ।

घर्तिको परिवारमा कमाउने कोही पनि छैन । वृद्ध अवस्थामा आफैंलाई कसले पाल्ने भन्ने बेलामा उनको परिवारमा ठुलो बिपत्ती परेको छ ।
मानसिक स्थिती गुमेकी छोरी र दुई नाति नातिनीसहित तीन जनाको पाल्ने जिम्मेवारी थपेको छ । चाडपर्वको बेला उनको घरमा खाद्यान्नसमेत नरहेको जानकारी प्राप्त हुनसाथ फरकसमाचार टिम उनको घरमा पुग्यो ।

खबर आईसकेपछि फरकसाचार टिमले अतिविपन्न परिवारलाई सहयोग गर्न जमर्को गर्यो । त्यस कार्यमा उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष एवंम् समाजसेवी व्यक्तित्व देवेन्द्र पाण्डे पनि सरिक भए ।

फरकसमाचार टिम र अध्यक्ष पाण्डले अतिविपन्न परिवारको घरमै पुगेर शुक्रबार खाद्यान्न (चामल, तेल, नुन र दल)र केही नगद हस्तान्तरण गरेका छन् । चाडपर्वको बेला थोरै सहयोग भएपनि घर्तिको परिवारलाई केही सहज हुने फरकसमाचारका प्रबन्ध निर्देशक निर्मल घिमिरे र उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डेले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर