बर्दिया,कार्तिक ६ (फरकसमाचार) / नागरीक उन्मुक्ति पाटी नेपालको निमन्त्रणामा भारतवाट आएका नेता शेर बहादुर राना नेपाल पस्ने क्रममा गुलरिया स्थित सिमा भन्सार कार्यालयका कर्मचारीको दुर्रव्यबहार गरेको छ ।दुर्रव्यहबार गर्ने कर्मचारीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी नाम लिने बित्तिकै गरेको खुलेको छ ।
दुर्रव्यबहार पछि थारु समुदायलाई स्थानिय प्रशासनले बिभेद गरेको गुनासो छ । बर्दियाको दुई वटा निर्वाचन क्षेत्र मध्य संघिय सांसद नागरिक उन्मुक्ति पाटीले जितेको छ भने दुई वटा प्रदेश सांसद जितेको छ ।
नागरिक उन्मुक्ति पाटीका संरक्षक रेशम लाल चौधरीको भेटघाट कार्यक्रममा जान थालेको बताएपछि भन्सार स्थित कर्मचारी गाली गलौचमा उत्रिएका सुरक्षाकर्मी देखि भन्सार कर्मचारीलाई आरोप छ । भन्सार कार्यालयमा चौतर्फी प्रहरी प्रशासनको निगररानी रहदा बाहिर देशबाट दशै मान्न नेपाल आउँने पाहुनेलाई दुर्रव्यहबार भएको दुखद घटना भएको भन्दै भन्सार कार्यालयका कर्मचारी सोध खोज गरिरहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए ।
नेपालको बर्दिया स्थित गुलरिया सडकखन्ड हुदै कैलालि जान थालेका थारु नेताको गाडी भारतीय नम्बर प्लेट संरक्षकको नाम लिएपछि र गाडी देखेपछि सुरक्षाकर्मी र कर्मचारीले दुर्रव्यबहार गरेको नागररिक उन्मुक्ति पाटीले आपत्ति जनाएको छ । यस बिषयमा सीमामा बिबाद बारेमा पाटीका संरक्षक चौधरीसँग जानकारी लिन खोज्दा भन्सार कर्मचारी र स्थानीय प्रशासनले यस्ता घटना दोहाराउँन नहुने जवाफ दिए । राजापुर भन्सार कार्यालयका निमित्त प्रमुख बुढाले यस बारेमा आफु अनभिज्ञ रहेको बताए ।