बर्दिया,कात्तिक १३(फरकसमाचार) / बेवारिसे अवस्थामा सामानसहित इलेक्ट्रिक अटो प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–६ स्थितबाट आइतबार प्रहरीले अबैध सामानसहित अटो बरामद गरेको हो ।
भारतबाट भन्सार छली ल्याई बेवारिसे अवस्थामा राखिएको सामानसहित अटो प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार मुल्य रु ३२ हजार ८ सय बराबरको स्टिल तथा काँसको भाँडा र सो सामान ल्याउन प्रयोग गरिएको भे २ स २५८९ नंम्बरको ईलेक्ट्रिक अटोको मुल्य रु २ लाख गरि जम्मा मुल्य रु २ लाख ३२ हजार ८ सय बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले अबैध सामानसहित अटो नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।