अझै रोकिएन तस्करी
मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित

बर्दिया,कात्तिक १४(फरकसमाचार) / भारतबाट भन्सार छली अबैध रुपमा ल्याउने सामान अझै रोकिएको छैन । प्रहरीले दिनहुँ बरामद गर्ने अबैध सामानले गर्दा तस्करी अझै नरोकिएको पुष्टि हुन्छ ।

चाडपर्वको बेला तस्करी हुँदा प्रतिबन्धित पटाकालगायतका अन्य मालसामान भित्रिने जोखिमसमेत बढेको छ । भारतबाट भन्सार छलेर व्यापक रुपमा मालसामान ल्याउने काम भईरहेको सिमावर्ती क्षेत्रका स्थानीयले बताउँछन् । तस्करी गर्ने गिरोह रातिभरि सामान ओसार पसार गर्न सक्रिय रहेको सिमावर्ती क्षेत्रका सर्वसाधारणको गुनासो छ ।

दिनहुँ तस्करी हुँदा सरकारलाई प्राप्त हुने लाखौं राजश्व गुमेको छ । सरकारले गत जेठ १५ गते सुचना प्रकाशित गरि विदेशबाट एक सय बढीको मालसामान ल्याउँदा राजस्व बुझाउनु पर्ने कानुनी व्यवस्था ल्याएको थियो । तर, केही दिन भारतीय बजारबाट अबैध रुपमा सामान नल्याउन सिमामा कडाई पनि गरिएको देखियो ।

सोझा साझाको लागि मात्र एक सय बढीको मालसामान ल्याउँदा राजस्व बुझाउनु पर्ने व्यवस्था रहेको सर्वसाधारणको भनाई छ । रातभरि हुने व्यापक तस्करीलाई कस्ले निगरानी गर्ने सर्वसाधारणको भनाई छ । सिमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मी र भन्सारका कर्मचारीको फितलो उपस्थिती र चेकजाँचले व्यापक तस्करी भईरहेको छ ।

भारतबाट भन्सार छली ल्याएको मुल्य रु ३५ हजार ७ सय ५० बराबरको सामान सोमबार प्रहरीले बरामद गरेको जनाएको छ । बढैयाताल गाउँपालिका–६ रानीपुर स्थित भित्रि सडक छेउमा राखिएको अवस्थामा अबैध सामान बरामद भएको हो । बरामद सामानमा चिनी,तोरी,आलु,भेली,डिउ,तेललगायत किराना सामान रहेको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

त्यसैगरी आइतबार गुलरिया नगरपालिका–६ स्थितबाट मुल्य रु २ लाख ३२ हजार ८ सय बराबरको अबैध सामानसहित अटो बरामद भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय