बर्दिया,कात्तिक १६ (फरकसमाचार) / १४ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गुलरियाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । करणी आरोपमा प्रहरीले २८ वर्षिय युवालाई पक्राउ गरेको हो ।
घटनाको बारेमा जानकारी आउनसाथ प्रहरीले युवालाई तत्काल नियन्त्रणमा लिएको एसपी सुधिरराज शाहीले बताए । ‘घटना गत १४ गते राति १० बजेको हो’ एसपी शाहीले भने,‘युवालाई नियन्त्रणमा लिई म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढेको छ ।’ पक्राउ परेका युवा पिडित नाबालिकाको बुवासंगै बसेर जाडरक्सी खाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जाडरक्सी खाएर घर जान्छु भनेर निस्केपछि युवाले घटना घटाएको बुझिएको जनाए । नाबालिका ट्वाईलेट गएको बेला तानेर करणी गर्न प्रयास गर्दा नाबालिका चिच्याउँदा युवा घटना स्थलबाट भागेको थिए । थप कुरा अनुसन्धानबाट खुल्ने एसपी शाहीले जानकारी दिए ।