बर्दिया,कात्तिक १७(फरकसमाचार) / बाघको आक्रमणबाट २८ वर्षिय महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–५ गाउँ नंम्बर १० शक्तिपुरकी २८ वर्षिय सिर्जना भन्ने गायत्री डाँगीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको हो ।
वनमा बाख्रा चराउन गएको बेला डाँगीलाई बाघले आक्रमण गरेको जनाईएको छ । चिरौटे सामुदायिक वनमा बाघले महिलालाई आक्रमण गरेको एसपी सुधिरराज शाहीले बताए ।
‘सामुदायिक वनमा बाख्रा चराउन गएर बेपत्ता भएको दिउँसो साढे २ बजे खबर प्राप्त भयो’एसपी शाहीले भने,‘खबर प्राप्त हुने वित्तिकै खोजतलास सुरु गरिएको थियो ।’ दिउँसो साढे ३ बजे महिलाको शव फेला गरेको हो । पोष्टमार्टमको लागि अहिले महिलाको शव बर्दिया अस्पतालमा लगिएको डिएसपी तुल्सीराम अर्यालले जनाए ।