बाँके,कात्तिक १८/ भेरी अस्पतालमा रहेका घाइते २६ जना मध्ये ८ जनाका अवस्था गम्भीर रहेको छ भने १८ जनाको अवस्था सामान्य रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताएका छन्।
जाजरकोट भूकम्पमा परी घाइते भएका २७ जनालाई भेरी अस्पतालमा लगिएको थियो। २७ मध्ये १ जनाकाे उपचारका क्रममा मृत्यु भइसकेकाे छ। हाल २६ जनाको अस्पतालमा उपचार भइरहेको भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेत रिसालले बताए। हेलिकप्टर/हवाई जहाजमा उनीहरुलाई अस्पतालमा पुर्याइएको हो।
भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेत रिसालका अनुसार भूकम्पबाट घाइते ३३ वर्षीय टेकबहादुर पुनको उपचारका क्रममा मृत्यु भएको हो। उनी जाजरकोट निवासी रहेको बताइएको छ।भूकम्पबाट घाइते भएका व्यक्तिको उपचार गर्न भेरी अस्पतालमा विशेष व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।नागरिकन्युजबाट साभार