काठमाडौं, कात्तिक १८/सरकारले जाजरकोट र रूकुम पश्चिममा पाँच-पाँच करोड रूपैयाँ पठाउने भएको छ। आज सरकारका विभिन्न सरोकारवाला निकायहरूसँगको छलफलपछि गृहमन्त्रालयले यो निर्णय गरेको हो।
बैठकले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम जाजरकोट र रूकुम पश्चिमको जिल्ला विपद व्यवस्थापन कोषमा पाँच-पाँच करोड रूपैयाँ पठाउने निर्णय गरेको हो। उक्त रकम राष्ट्रय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनबाट पठाइनेछ।
यस्तै प्राथमिक राहत व्यवस्थापनका लागि आवश्यक पर्ने सामाग्री सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा रहेका भण्डारणबाट भूकम्प प्रभावित जिल्लाको आवश्यकताका आधारमा पठाइने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ। कर्णालीको जाजरकोट र रूकुम पश्चिममा गएरातिको भूकम्पले ठूलो जनधनको क्षति गरेको छ। सेतोपाटीबाट साभार