बाँकेमा उपचाररत सबै घाइते खतरामुक्त
आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित

नेपालगन्ज,कात्तिक १९ / बाँकेमा उपचाररत भूकम्प प्रभावित सबै घाइते खतरामुक्त रहेका छन् । जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालमा ३७ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ गरी ३८ जना घाइतेको उपचार भइरहेको छ ।

भेरी अस्पतालमा घाइते ५ जनाको सफल शल्यक्रिया गरिएको छ । घाइते सबैको अवस्था सुधार उन्मुख र खतरामुक्त रहेको फोकल पर्सन श्रेष्ठले बताए ।

भूकम्पमा परी घाइते भएका मध्ये थप ६ जनालाई शनिबार राती १२ः५० बजेतिर एम्बुलेन्समार्फत उपचारका लागि नेपालगन्ज ल्याइएको थियो । भेरी नगरपालिका जाजरकोटका २ र रुकुम सानीभेरीका ४ जनालाई ल्याइएको हो । त्यसअघि ३२ जना घाइतेको शनिबार दिउँसो देखी नै उपचार हुँदै आएको थियो । नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय