बढैयातालको प्रमुख प्रशासकीय अधिकृतमा पुनःदोहोरिए सुवेदी
सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,कात्तिक २०/ बढैयाताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्जुन सुवेदी पुनःदोहोरिएका छन् । आइतबार देखि बढैयाताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सुवेदीले पुनःजिम्मेवारी सम्हालेका हुन् ।

बढैयाताल गाउँपालिका सुवेदी स्थानीय हुन् । स्थानीय सुवेदी यस अघि बढैयाताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् । आइतबार गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारीले सुवेदीलाई भव्य रुपमा स्वागत गरेका छन् ।

करिब दुई वर्ष अघि सुवेदीले बढैयाताल गाउँपालिकाबाट राजापुर नगरपालिकामा सरुवा भएका थिए । राजापुरबाट खजुरा गाउँपालिका बाँकेमा गएका थिए । खजुरा गाउँपालिकामा एक वर्ष कार्यकाल नबित्तै बढैयातालमा फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय