बाँके, कात्तिक २२ / एक्सा प्यारेन्टल्स् लिमिटेडले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि २७ हजार सात सय ५० बोतल सलाइन पानी सहयोग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेमार्फत भूकम्प पीडितको उपचारको लागि बुधबार एक्सा प्यारेन्टल्स् लिमिटेडले सहयोग गरेको हो ।
उक्त सलाइन पानी एक्सा प्यारेन्टल्स् नेपाल लिमिटेडका नेपाल प्रमुख गोपाल साउदले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई बुधबार उक्त सामग्री हस्तान्तरण गरेका छन् ।
सामाजिक उत्तर दायित्व अन्तर्गत भूकम्प पीडितलाई करिब १३ लाख रुपैयाँ बराबरको सलाइन सहयोग गरिएको उक्त कम्पनीका नेपाल प्रमुख साउदले बतए । जति सकिन्छ छिटो भूकम्प प्रभावित क्षेत्रमा पठाउने बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले जनाए ।
हस्तान्तरण कार्यक्रममा प्रजिअ पोखरेलले बिपत्तिमा अति आवश्यक औषधि दिने कम्पनिका एमडि रुचिर गुप्ता, भिपी रजनिश बर्मा र जिएम पुनित भारगभलाई धन्यवाद दिएका छन् ।