माओबादीका बराल पाटी कार्यक्रममा सरिक
शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित

बर्दिया,कात्तिक २४(फरक समाचार) नेकपा माओबादी लुम्बिनि प्रदेश अध्यक्ष सुर्दशन बराल पाटीको अभियान सरिक भई कृषि फर्मको भ्रमण गरेका छन् । बर्दिया ठाकुरबाबा नगरपालिका वडा स्तरिय माओबादी जागरण अभियानमा सरिक भएका बरालले मधुवन र गुलरिया अवस्थित माओबादी नेता सुरेश पन्थको कृषि फर्मको अनुगम भ्रमण गरेका थिए ।

कात्तिक २२ गते बराल बर्दिया पुगेका थिए । यतिबेला माओबादी नेता गाउँ गाउँमा जागरण अभियानमा खटिएका छन् । माओवादीको तीन महिने जागरण अभियान जारी रहेको नेता पन्थले बताए ।‘

अध्यक्ष बराल पाटीको कार्यक्रमका साथै यहाँ भएका कृषि फर्म अनुगमन गरेर जानकारी लिनु भएको छ’उनले भने,। कृषि फर्मका जानकारी लिदै व्यबसायिक कृषि फर्मले देशलाई आत्म निर्भर तर्फ डोराउन सहयोग पुग्ने धारण राखे ।

राज्यले किसानका समस्या बुझेर आम सर्वसाधरणलाई व्यबसायिक कृषि गर्न लगानी गरी अझै कृषि पेशालाई प्रभावकारी बनाउँन जरुरी रहेको बरालले औल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय