बर्दिया अस्पताल लुम्बिनी प्रदेशमा लगातार तेस्रो पटक प्रथम
शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित

बर्दिया,कात्तिक २४ (फरकसमाचार) / बर्दिया अस्पताल वार्षिक कार्य सम्पादनको आधारमा लुम्बिनी प्रदेशमा तेस्रो पटक प्रथम भएको छ । अस्पतालको वार्षिक कार्य सम्पादन मुल्यांकनको आधारमा बर्दिया अस्पताल तेस्रो पटक प्रथम भएको हो । न्युनतम सेवा मापदण्डको आधारमा जम्मा एक सय नंम्बरको मुल्याकंनमा बर्दिया अस्पतालले ७४.६१ नंम्बर प्राप्त गरि प्रथम भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादन मुल्यांकनको आधारमा बर्दिया अस्पताल तेस्रो पटक प्रथम हुन सफल भएको छ । यो जिल्लावासीको लागि सुखद रहेको छ । लुम्बिनी प्रदेशमा रहेका १३ वटा अस्पताल मध्ये कार्य सम्पादनको आधारमा लगातार पहिलो भईरहँदा चारैतिर बर्दिया अस्पतालको प्रशंसासमेत भईरहेको छ । दाङमा भएको प्रदेश स्तरीय वार्षिक समीक्षा कार्यक्रममा बर्दिया अस्पताल पहिलो भएको घोषित भएको हो ।

विगत चार वर्षमा वार्षिक कार्य सम्पादनको आधारमा गरिएको मुल्यांकनमा तीन पटक प्रथम र एक पटक दोस्रो भएको बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेले बताए । ‘स्वास्थ्य निर्देशनालय र मन्त्रालयका प्रतिनिधिहरुले गरेको मुल्यांकनमा बर्दिया अस्पताल पुनःपहिलो भएको छ,’मेसु डा.पाण्डेले भने,‘अस्पतालले कतिको सेवा प्रर्वाह गरेको र कतिको सेवा दिन तयार रहेको मुल्यांकन गरिन्छ ।’अस्पतालको उपचार तयारी कस्तो छ, ओपीडी, भर्ना, अप्रेशन, सेवा वृद्धि, रिपोटिङ्ग, रिकोडिङ्ग, कर्मचारीको अनुशासनसमेतको आधारमा यो मुल्यांकन गरिएको छ ।

आर्थिक वर्ष ०७६/०७७ मा पहिलो, आव ०७७/०७८ मा पहिलो, आव ०७८/०७९ मा दोस्रो र आव ०७९/०८० मा पुनःपहिलो भएको मेसु डा. पाण्डेले जनाए । अस्पतालको सम्पुर्ण टिमको मेहनत र सहयोगले बर्दिया अस्पताल प्रदेशमा पहिलो हुन सफल भएको जनाए ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा.जनार्धन पन्थी र निर्देशक डा.विनोद कुमार गिरीले प्रथम भएको बर्दिया अस्पतालका मेसु पाण्डेलाई प्रशंसा पत्रले सम्मानित गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय