साथी बनेर हत्या योजना? अधिकांश २० बर्ष मूनिका
शुक्रबार, मङि्सर ०१, २०८० मा प्रकाशित

वरुण हत्या प्रकरणमा ११ जना संलग्न
बर्दिया,मंसिर १(फरक समाचार )
दुई बर्ष अघि (बरुण र शुलभ )साथी साथी विच झगडा भयो । बरुणको आक्रमणबाट घाईते भएका शुलभले उपचारको लागि रकम लिए । घटना नदोहाराउने भनेर दुबै पक्ष विच सम्झौता भयो । गुलरिया नगरपालिका एउटै वडामा वस्ने जिवन्त साथी भन्ने वाचाले आश्वस्त थिए दुबै घरका परिवार । दिन बित्दै गयो । अघिल्लो बर्ष निर्वाचनमा शुलभ म्यादी प्रहरीमा भर्ना भए । अब फेरी रोजगारीको लागि बिदेश जाने तयारी शुलभ रहेको पारिवारिक स्रोत बताउँछ । झगडा भएको लामो समय भएकाले शुलभ र बरुण दुबै पक्षले रिस साध्ने कम सम्भावना भएको आकलन गरिएको थियो । परिवारमा हत्या आरोपि शुलभ र हत्या भएका दुबैले वुवा गुमाएका टुहुरा मध्यमा हुन । सुलभले समते पूरानो रिसिबि बदलाको भावना नरहेको बताउँने गरेका थिए । त्यस यता सुलभ र बरुण रिसिबि दोस्तीमा परिणत भईसकेको प्रहरीको भनाई छ । लक्ष्मी पूजाको दिन बरुण र शुलम छुट्टाछुट्टै भएर देउसी भैलो खेल्न हिँडेको अबस्थामा मुख्य अभियूक्त शुलभले गुलरिया नगरपालिका ५ स्थित कृषि बिकास बैक नजिक बरुणलाई देखेका थिए ।बदलाको भावना लिएर शुलभ पछि लागेर धारिलो हतियार देखाएर बरुणलाई नियन्त्रणमा लिएको खुलेको छ । (१२ः३०)बजे मध्यरातमा साथीको नाटक गरेर बरुणलाई शुलभले सुहेलवा गाउँ नजिक मोहित र रन्जन आउँने बेला सम्म शुलभले अन्य साथीलाई बोलाएपछि बरुण,रन्जन र मोहित माथी निर्मम तरिकाले आक्रमण गरेको अभियूक्तले प्रहरी समक्ष बयान दिएका छन् । शुलभ लगायतले बरुणको हत्या गर्ने उदेश्यले हेल्मेट,र्चिपट र खुडा (चक्कु) बारम्बार प्रहार गरेको खुलेको छ । बरुणको मिल्ने साथी भएकाले शुलभ लगायतले रन्जन र मोहितलाई आक्रमण गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरी उपरीक्षकर्(एसपि शाही)का अनुसार गम्भीर घाईत मोहित र रन्जनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको जानकारी दिए ।
हत्या आरोपि अधिकांश २० बर्ष मूनिका
बरुणको हत्यामा संलग्न हत्या आरोपि एक जना धिरज ठाकुर २४ बर्ष उमेरका छन भने अन्य २० बर्ष मुनि उमेर समुहमा रहेको पाईएको छ । प्लस टु मा मा अध्यनरत अधिकांश यूवा वरुणको हत्यामा संलग्न रहेको खुलेको छ । मुख्य अभियूक्त शुलभ र धिरज को उमेर २३ र २४ बर्ष छ भने अधिकांश १८ बर्ष देखि २० बर्षका हत्यामा संलग्न देखिन्छन् ।मूख्य अभियूक्त शुलभले पढाई छाडेको भएपनि अधिकांश अन्य अभियूक्त प्लसटुमा अध्यनरत बिद्यार्थी हुन ।

अभियुक्त
हत्यामा दाजु र भाई संलग्न
बरुणको हत्यामा दाजु(शुलभ) र भाई(सुयश) संलग्नता रहेको पाईएको छ । घटनामा भाई(सुयश) समेत अभियूक्तका रुपमा देखिएका छन् । मूख्य अभियूक्त (दाइ)शुलभलाई मधुवनमा ओरालि बजार नजिकको जंगलबाट प्रहरीले नियन्त्रणमा लिएको छ । हत्याका अर्का मूख्य अभियूक्त (भाई)सुयेश लगायत अन्य दुई फरारलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ । नेपाल र भारतको सीमावर्ती लगायता सम्भावित ठाउँमा प्रहरी खोजी गरिरहेकाले प्रहरी हत्यामा संलग्नको नजिक पुगिसकेको एसपि शाहीले दाबी गरे ।
खुडा प्रहार गरेर हत्या गर्ने ८ पक्राउँ,तीन फरार
गुलरिया नगरपालिका ५ स्थित सुहेलवा गाउँमा २० बर्षिय वरुण घिमिरेलाई खुडा प्रयोग गरेर हत्या गर्ने ८ जना पक्राउ परेका छन् । तीन जना फरार भएको प्रहरीले जनाएको छ । गत २२ गते लक्ष्मी पुजाको मध्यरातमा गुलरिया नगरपालिकाको वडा नं. ६ बस्ने २० बर्षिय घिमिरेको हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउँ गरेको प्रहरी उपरीक्षक(एसपि) सुधिरराज शाहीले बताए । उनका अनुसार तीन जना फरार रहेका छन् । मुख्य अभियुक्त सुलभ थापा,धिरज ठाकुर,दिपेश बुढामगर,सन्दिप थारु र दिनानाथ चौधरी रहेको उनले जानकारी दिए । प्रहरीका अनुसार सहयोगि भुमिकामा नाम खुलेका रोशन थापा, निश्चल थापा क्षेत्रि,तर्क भन्डारीलाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको छ । फरार अभियुक्त सुयेश थापा,आलोक आश्रित,सुमन सुनारको प्रहरीले खोजि गरिरहेकोे छ । हत्याका आरोपिबाट प्रहरीले धारिलो हतियार चक्कु,चिर्पट दाउरा,हेल्मेट लगायतका सामाग्री बरामद गरेको छ ।प्रहरीले नियन्त्रणमा लिएकाहरुले गरेको हत्याको प्रकृति अनुसार अदालतले सर्वस्वसहित जन्म कैद(ज्यान रहेसम्म) वा २५ बर्ष कैद सम्म गर्न सक्ने नयाँ मुलुकि ऐनमा व्यबस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय