जापानलाई हराउँदै नेपाल तेस्रो
आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित

काठमाडौं,मङि्सर ०३ / नेपालले चार देश सम्मीलित महिला टि२० आई सिरिजमा तेस्रो स्थानको लागि भएको खेलमा जापानलाई ४५ रनले हराएको छ । जितको लागि १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन बनायो । जापानकी ओपनर अकारी निशीमुराले ५१ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाइन् । हिनासी गोटोले ३४ बलमा १ चौकासहित १६ रन बनाइन् ।

संगिता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनि पाखृनले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय १५ रन बनाएको थियो । नेपालको जितमा ओपनर पुजा महतोले ५१ बलमा ३ चौकासहित सर्वाधिक ४३ रन बनाइन् । रोमा थापा १९ बलमा ३ चौकासहित २२ रन बनाउदै रन आउट भैइन् । नेपालले ओपनर सीता रानामगरलाई पाँच रनमा गुमाएको थियो । एरिका क्विइनको दोस्रो ओभरको पहिलो बलमा एलबीडब्लू आउट भएकी थिइन् ।

कप्तान इन्दु बर्मा २१ बलमा १ चौकासहित १२ रनमा क्याच आउट भैइन् । उनी आयुमी फुजिकावाको बलमा कियोबाट समातिन पुगेकी थिइन् । रुबिना बेलबासे १९ बलमा २ चौकासहित २१ रन बनाउदै रन आउट हुन पुगिन् । जापानकी एरिका क्विइन, आयुमी फुजिकावा एहिल्या चान्डलले समान एक विकेट लिए ।

खेल बिहान ७: १५ मा सुरु हुनेछ । नेपाल लिगमा तान्जानियासँग २७ र हङकङसँग ९ विकेटले पराजित हुँदै फाइनलबाट बाहिरिएको थियो । अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको थियो । हाम्रोखेलकुदबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर