जुझारु बासुको अवसान
मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित

पछिल्लो समय कानुन व्यबसायीको रुपमा कर्म गरिरहेका बासु चौधरीको निधन भएको छ । मुटु रोगबाट ग्रसित भएका बासुको एक्कासी सोमबार बिहान हृदयघातको कारण ५५ वर्षको उमेरमा मृत्यु भएको हो ।

बर्दिया,मंसिर १२(फरकसमाचार) / बासु चौधरीको जिवन कथा यति जुझारु थियो कि सुन्नेलाई पनि रमाईलो लाग्छ । सोमबार बिहान हट्टा कट्टा बासुको देहलिला समाप्त भएको खबर अधिकांशलाई अपत्यारिलो लाग्यो । बिहान धुवा सरि सामाजिक संजालबाट फैलिएको नराम्रो खबरले गुलरियाको आकाशमा कालो बादल मडारियो । के भयो ? यो खबर सत्य हो वा होईन भन्ने धेरै शुभ चिन्तक भेटिए । धेरै सहकर्मीका आखा रसाए । माया गर्नेले दुःख बिसाउँदा सामाजिक संजाल भरिएको देखिन्यो । सबै दुखि भए । सबै रोए ।

बासु थारु समुदायमा जन्मेका छोराहरु मध्य पढाईमा शुरु देखि अब्बल थिए । साथी भाईको भाईचार गास्न कहिल्य पछि नपर्ने मध्यका उनको जिवन सुखमय तरिकाले बित्यो । घरमा समेत हुने खाने बासु पालन पोषण देखि उठ बस सू सस्कार युक्ति रहेको सहकर्मी स्मरण गर्छन ।

एलएलबि गरिसकेका उनले गुलरियाका सहकर्मी मध्य अन्तराष्ट्रिय संस्थामा बढि तलब थाप्थे । तर कहिल्य घमन्ड गरेनन्,सहकर्मीसँगको व्यबहार वचपनको आत्मियतामा उनले कहिल्य फेरबदल गरेनन । राजनितिक पृष्ठभुमि भएका परिवारका बासु प्रजातान्त्रिक आन्दोलको क्रममा जिवनमा जेल र नेल दुबै भोगे । तर दुख सँग समाना गर्ने अदम्य साहस भएका उनी डिप्लोमेटिक भिसामा यूएस जाने यूवा नेता वा एक योद्धाका रुपमा चिनिएका व्यक्तिको क्षति हुदा जिल्ला शोकमग्न छ ।

पत्रकार महासंघ संस्थापक सदस्य तथा लेखन बिधामा उनको कलमबाट तिखो प्रहार गर्ने सक्ने क्षमता गुमाउँन परेका पिडा बर्दियाका पत्रकारलाई छ । पाँच दिन अघि मुटुको प्रश्रब पिडामा पर्दा नेपालगंज उपचारका लागि उनी गएका थिए । चार दिनको बसाईपछि शनिवार बेलुका उनी घर फर्केका थिए । पंक्तिकारसँगको बसाईमा यसपछि काठमाडौं उपचाारको लागि जाने जानकारी दिएका उनको अकल्पनिय र असामायिक निधन स्वीकार्य छैन ।

दाई, तिम्रो पार्थिव शरीरको देह लीला समाप्त भए पनि तिमी अजम्बरी छौ । तिम्रो आत्मा, तिम्रो माया, करूणा र तिम्रो आशिर्वाद हामीसंगै छ । हसिलो अनुहारको भाव, उनको आँखा यति मोहक थिए आज स्मरण गर्ने बाहेक केहि गर्न सक्दिन ।
प्रकाश/सम्पादक
फरक समाचार दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय