काठमाडौँ,मंसिर १२/नेपालमा स्वास्थ्य बिमामा आबद्ध हुने परिवारको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०७९–८० अवधिमा स्वास्थ्य बिमामा आबद्ध हुने परिवारको सङ्ख्या बढेर ३९.१९ प्रतिशत अर्थात् २२ लाख १२ हजार ८ सय २७ पुगेको छ ।
यो अवधिमा ३१ लाख १६ हजार ८ सय ७५ जना मानिस स्वास्थ्य बिमाको पहुँचमा पुगेको स्वास्थ्य सेवा विभागद्वारा सार्वजनिक गरिएको नेपाल हेल्थ फ्याक्ट सिट २०२३ मा उल्लेख गरिएको छ ।
हालसम्म स्वास्थ्य बिमा ४३ लाख ९४ हजार ३ सय ९४ जनाले नवीकरण गरेका छन् । आ.व ०७९/८० मा कुल जनसंख्याको २४.५९ प्रतिशत अर्थात् ७१ लाख ७१ हजार ८४३ जनसङ्ख्या स्वास्थ्य बिमामा आबद्ध छन् ।रातोपाटीबाट साभार