बर्दिया अस्पतालको सामाजिक सेवा इकाइ : पहिलो चौमासिक समिक्षामा उत्कृष्ट
शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित

बर्दिया, मंसिर २३ (फरकसमाचार) / बर्दिया अस्पताल अन्तर्गत संचालनमा रहेको सामाजिक सेवा इकाईले उत्कृष्ट सेवा दिएको पाईएको छ । सामाजिक सेवा इकाइले मंगलबार पहिलो चौमासिक समिक्षामा सार्वजनिक गरेको प्रगति विवरणले उत्कृष्ट सेवा दिएको पाईएको हो । इकाइले चार महिनामा गरेको प्रगति विवरणलाई केलाउँदा उत्कृष्ट सेवा दिएको सहभागिहरुको भनाई छ ।

सरकारले निःशुल्क राष्ट्रिय स्वास्थ्य सेवा कार्यक्रम लागु गरि स्वास्थ्य संस्थाहरुमा सामाजिक सेवा एकाइको स्थापना गरेको हो । बर्दिया अस्पतालमा आव ०७४/०७५ देखि सामाजिक सेवा इकाई स्थापना भई संचालनमा छ । लक्षित समुह र आर्थिक स्थिती कमजोर भएका बिरामीलाई उपचारबाट बञ्चित हुन नदिन सामाजिक सेवा इकाइले सेवा दिएको छ ।

बर्दिया अस्पतालमा रहेको सामाजिक सेवा ईकाईले गरिब, असहाय, अपांङ, जेष्ठ नागरिक, लैङ्गिक हिंसा प्रभावित बालबालिका, महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोपबाट प्रभावित, शहिद परिवार, कुपोषित बालबालिका, दुर्घटनामा परेका आकस्किम बिरामी अभिभावक नभएका, प्रहरीबाट ल्याएका थुनुवा र सिमान्कृत तथा लोपोन्मुख आदिवासी जनजातिलाई विषेश प्राथमिकता दिई सेवा प्रदान गरिरहेको छ ।

यस लक्षित समुहका बिरामी र आर्थिक स्थिती कमजोर भएका बिरामी आएमा सम्बन्धित इकाइमा सम्पर्क गराईदिन समिक्षामा उपस्थित डाक्टरहरुलाई अस्पतालका वरिष्ठ मेसु डा.सुभाष पाण्डेयले आग्रह गरे ।

‘यस कार्यक्रम माफर्त अस्पतालले दुःखी गरिबलाई उत्कृष्ट सेवा दिएको छ’ बरिष्ठ मेसु डा. पाण्डेयले भने,‘तर बिमा कार्यक्रम र पेन प्लस कार्यक्रमको सोधभर्ना समयमै भुक्तानी नहुँदा गाह्रो हुन्छ ।’ यदि सम्बन्धित ठाउँबाट भुक्तानी समयमै भए अस्पतालले झन् सहज तारिकाले सेवा प्रर्वाह गर्न सक्ने जनाए । त्यसैगरी सिकलसेलका १८ वर्ष माथिका बिरामीले बाहिर किन्दा ६ हजार पर्ने निमोनियाको भ्याक्सिन बर्दिया अस्पतालमा निःशुल्क उपलब्ध रहेको बरिष्ट मेसु पाण्डेयले जानकारी दिए ।

एकाइले जेरियाट्रिक स्वास्थ्य सेवा कार्यमक्रमबाट चालु आर्थिक वर्ष ०८०/८१ मा जम्मा रु २० लाख प्राप्त गरेको छ । निर्देशिका अनुसारको शिर्षकमा प्राप्त बजेट खर्च गर्ने योजना बनाएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक साउनमा ३९, भदौमा ४६, असोजमा ५७ र कात्तिकमा २५ जना गरि जम्मा १ सय ६७ जना बिरामीलाई सेवा दिएको सामाजिक सेवा एकाइका सहजकर्ता हेमन्त चौधरीले प्रस्तुतीकरण गरेका छन् । जसमा इमेरजेन्सीबाट ५७, इनडोरबाट ७८ र ओपिडिबाट ३२ जनालाई सेवा दिएको छ । पहिलो चौमासिकमा इकाइले रु २९ लाख ३ हजार ४ सय ४६ बराबरको सेवा दिएको प्रस्तुतीकरणमा सहजकर्ता चौधरीले जनाए । त्यसैगरी इकाइले पहिलो चौमासिकमा २५ जनालाई रु ५० हजार ८ सय ५० बराबरको एम्बुलेन्स सेवा दिएको छ । चालु आर्थिक वर्षको लागि जेरियाट्रिक स्वास्थ्य सेवा कार्यक्रममा बजेट रु १५ लाख प्राप्त भएको जनाईएको छ ।

औषधी, खाना, रेफरल, कुरुवाको लागि खर्च गर्नेछ । जसमा साउन देखि कात्तिकसम्म ३ सय ३२ जना बिरामीलाई ३ लाख ९९ हजार ४ सय ७५ बराबरको सेवा दिईसकेको छ । त्यसैगरी ओसिएमसि, दम तथा ब्रोङकाइटिस, सिकलसेल एनिमिया, आकास्मिक रेफरल, पेन प्लस कार्यक्रममार्फत बिरामीलाई सन्तोषजनक सेवा दिएको सहजकर्ता चौधरीले प्रस्तुती गरे । पहिलो चौमासिक समिक्षामा अस्पताल बरिष्ठ मेसु डा.सुभाष पाण्डेय, स्वास्थ्य प्रमुख गोकर्ण गिरी, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सामिनी चौधरीलगायत अस्पतालका अन्य स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय