बर्दियामा जताततै महोत्सव लगाउने होडबाजी
शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित

बर्दिया,मंसिर २३(फरकसमाचार) / जिल्लाको सदरमुकाम गुलरिया बजारमा व्यापारी व्यवसायीले व्यापार फिटिक्कै नरहेको प्रतिक्रिया दिन्छन् । व्यापार नचल्दा खर्च धान्न हम्मेहम्मे परेको व्यवसायीहरुले पछिल्लो समयमा गुनासो गर्छन् । व्यवसायीहरुको व्यापार नचल्दा बैंकको किस्तासमेत तिर्न गाह्रो भईरहेको सुनाउँछन् ।

व्यवसाय नचल्दा सर्वसाधारणसंग रुपियाँ नरहेको व्यवसायीहरुले टिप्पणी गर्छन् । जिल्ला स्थित सर्वसाधारणहरुको आर्थिक स्थिती कमजोर भईरहेको अवस्थामा जिल्लामा महोत्सव लगाउने होडबाजी चलेको छ । महोत्सव चल्ने वा नचल्ने अलमल छ । आर्थिक स्थिती कमजोर रहेको बेला महोत्सवले जिल्लाको रुपियाँ बाहिरिने सर्वसाधारणले टिप्पणी गर्छन् ।

फुलबारी युवा क्लवले लगाएको गुलरिया साँस्कृतिक महोत्सव २०८० नचेलर बन्द भईसकेको छ । मंसिर २ देखि १० गतेसम्म चल्ने महोत्वसमा व्यवसायी र दर्शक नआएर तोकिएको अवधि नपुग्दै बन्द भएको थियो । एउटा महोत्सव नचलेर स्थगित भएलगत्तै जिल्लामा अन्य तीन पालिकामा महोत्सव हुने मिति सार्वजनिक गरिएको छ ।

प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०८० उद्योग वाणिज्य संघ गुलरियाले आयोजना गरेको छ । उक्त महोत्सव पौष ६ गतेदेखि १६ गतेसम्म चल्नेछ । प्रथम प्रादेशिक बढैयाताल कृषि,पर्यटन, औद्योगिक ब्यापार तथा माघी महोत्सव २०८० उद्योग वाणिज्य संघ बढैयातालले आयोजना गरेको छ । उक्त महोत्सव पौष २७ गतेदेखि माघ ७ गतेसम्म चल्नेछ । त्यसैगरी उद्योग वाणिज्य संघ बाँसगढीले पनि महोत्सव लगाउने तयारीमा रहेको जानकारीका प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय