बर्दिया, मंसिर २३(फरकसमाचार) / बाल विवाह न्युनिकरण गर्न मधुवन नगरपालिका–५ मा वडा स्तरी बाल भेला गराईएको छ । बाल विवाह न्युनिकरण अभियानमा बालबालिकालाई प्रत्यक्ष रुपमा जोड्न बुधबार बाल भेला गराईएको हो ।
बाल भेलाले १३ सदस्यीयको वडा स्तरी बाल क्लवसमेत गठन गरेको छ । गठन गरिएको बाल क्लवले बाल विवाह न्युनिकरण अभियानमा सहयोग पु¥याउने विश्वास छ । क्लवले बाल विवाहको असर बारे वडा स्तरमा व्यापक रुपमा सचेतना फैलाउने छ ।
बालबालिकाहरु बाल विवाहको असर बारे जानकार भएमा बाल विवाह न्युनिकरण हुनमा सहयोग पुग्ने आशा छ । वडा स्तरीय बाल भेलामा बाल विवाह न्युनिकरण, बाल अधिकार र संरक्षण सम्बन्धि अन्तरक्रिया गरिएको बाल विवाह न्युनिकरण परियोजना मधुवनकी फिल्ड सुपरभाइजर सुनिता चौधरीले बताईन् ।
प्लान इन्टरनेशनल नेपालको सहयोग, बिग्रुपको साझेदारी र मधुवन नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा र ५ नंम्बर वडा कार्यालयको समन्वयमा बाल भेला सम्पन्न भएको छ । बाल विवाह न्युनिकरण परियोजना विगत डेढ वर्ष देखि मधुवन नगरपालिकामा संचालित छ । मधुवन नगरपालिका–८ मा यस अघि नै बाल भेला सम्पन्न भईसकेको जनाईएको छ । जिल्ला समन्वय समितिकी सदस्य छवि भाट, वडा सदस्य र बालबालिकाहरुको उपस्थितीमा बाल भेला सम्पन्न भएको छ ।