बर्दिया,मंसिर २४(फरकसमाचार) / जिल्ला स्थित स्वास्थ्यकर्मीलाई एकै थलोमा राखेर प्रशिक्षण गर्दा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोर्कण गिरी उत्साहित देखिन्थे । स्वास्थ्यकर्मीको बाक्लो उपस्थितिमा अन्तरक्रियालाई उत्सुक्तासाथ बिशेष संबादलाई गिरीले अघि बढाउँदा सहभागि स्वाथ्यकर्मी रमाए । बालबालिकाको स्वास्थ्य उपचारका लागि जिल्लाले उत्कृष्ट स्वास्थ्य सेवा दिन पर्ने कुरामा सहभागि स्वास्थ्यकर्मी सहमत हँुदा दुई दिने कार्यक्रम लोभ लाग्दो तरिकाले अघि बढ्यो ।
लामो समय राष्ट्र सेवक वा स्वास्थ्य सेवाको भूमिकामा तल्लिन गिरीले एक थलोमा स्वास्थ्यकर्मी पाउँदा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई अवसरको रुपमा लिएको देखियो । लामो समय देखि महामारीमा परेका बालवालिका अनुभव संगालेका गिरी परिमार्जित डब्लुएचओको मापदण्डका बारेमा स्वास्थ्यकर्मीसँग लामो अन्तरक्रियामा अनुभव साटासाटमा फोकस गरेको खुलाए ।
बिजया गेस्ट हाउसको सभा हलमा शुक्रबार र शनिबार आयोजित समुदायमा आधारित नवजात शिशु तथा बाल रोगको एकिकृत व्यबस्थापन अन्र्तगत जिल्लाका स्वास्थ्यकर्मी विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बिशेष गरी बालबालिका उपचारका लागि डब्लु एचओको निर्देशित मापदन्ड अनुसार हुनु पर्ने बिषयमा अन्तरक्रिया कार्यक्रममा सहभागिले जोड दिएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा स्वास्थ्यकर्मीहरुका लागि पुर्नताजगि तालिम वा कार्यक्रम संचालनको सहयोग जपनिज संस्था, आड्रा नेपाल र स्थानिय एनजिओ ईन्रुडेकले सहयोग रहेको छ । स्थास्थ्यकर्मीको पुर्नताजगिका लागि कार्यक्रम आयोजना गरिएको आड्रा नेपाल बर्दियाका कार्यक्रम संयोजक तर्क थापाले बताए । एकिकृत उपचारका लागि स्वास्थ्यकर्मी विचको अन्तरक्रिया द्वारा सुझाव संकलन गरी बाल रोगको एकिकृत व्यबस्थापनका लागि डब्लुएचओको मापदन्ड अनुसार उपचार बिधिलाई अघि बढाउँन कार्यक्रम आयोजना गरिएको संयोजक थापाले जानकारी दिए ।