दश दिने गुडिया बनाउने सम्बन्धि तालिम सुरु
बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित

बर्दिया,मंसिर २७(फरकसमाचार) / गुलरिया नगरपालिका–५ का महिलाहरुलाई आत्मनिर्भर बनाउन डल कुसन तथा गुडिया बनाउने सम्बन्धि दश दिने तालिम सुरु भएको छ । गुलरिया नगरपालिका–५ का वडा अध्यक्ष मुम बहादुर मल्लले आइतबार गुडिया बनाउने तालिमको उद्घाटन गरेका हुन् । आइतबार उद्घाटन भएको तालिम दश दिनसम्म चल्नेछ ।

गुलरिया नगरपालिका–५को आर्थिक सहयोग तथा अग्रिमा हस्तकला ट्रेनिङ सेन्टरको आयोजनामा तालिम संचालन भएको छ । वडाको चालु आर्थिक वर्ष २०८०/०८१ को लागि स्विकृत बजेट अनुसार महिलाहरुको लागि डल कुसन तथा गुडिया बनाउने सम्बन्धि तालिम संचालन गरिएको छ ।

तालिमको उद्घाटन गर्दै सिपले मात्र आत्मनिर्भर बन्न सहज हुने गुलरिया नगरपालिका–५ का वडा अध्यक्ष मुम बहादुर मल्लले बताए । ‘सिप सिकेर मात्र हुदैन’वडा अध्यक्ष मल्लले भने,‘सिप सिकेर व्यवहारमा कार्यान्वयन गरेर आयआर्जन गर्नुपर्छ ।’सिकेको सिपलाई प्रयोग गरि आर्थिक लाभ गरेपछि मात्र आत्मनिर्भर बन्ने सुनाए । तालिमका सहभागीहरुलाई राम्रोसंग सिप सिक्न अध्यक्ष मल्लले आग्रह गरे ।

हामी महिलाहरु घरायसी काममा मात्र व्यस्त नहुन अग्रिमा हस्तकला ट्रेनिङ सेन्टरकी संचालक निर्मला धमलाले बताईन् । ‘सिपले हामीलाई आत्मविश्वास बढ्छ’उनले भनिन्,‘सिपको सदुपयोग गरि व्यापार व्यवसाय संचालन गर्न सकिन्छ ।’ आफुले जिल्लाका अन्य पालिकाहरुमा डल कुसन तथा गुडिया सम्बन्धि महिलाहरुलाई प्रशिक्षण दिने सुनाईन् । त्यसैगरि विभिन्न मेला महोत्सवमा स्टल राखी डल व्यवसायबाट राम्रो आम्दानी गरेको जनाईन् ।

तालिममा गुलरिया नगरपालिका–५ का १५ जना महिलाहरुको सहभागिता रहेको अग्रिमा हस्तकला ट्रेनिङ सेन्टरका सेन्टरका व्यवस्थापक सागर चापागाईले जानकारी दिए । तालिमको उद्घाटन कार्यक्रममा वडा अध्यक्षलगायत वडाका सदस्य शोबिन्द्र बहादुर चौधरी, सरिता परियार र वडा सचिव घनश्याम अधिकारीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय