बर्दिया,मंसिर २७(फरकसमाचार) / स्वास्थ्यमा सर्वव्यापी पहँुच दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको छ । बर्दियाको बढैयाताल गाउँपालिका स्थित ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस २०२३’ को अवसरमा मंगलबार प्रभातफेरी कार्यक्रम गरिएको हो । त्यसैगरी देशको विभिन्न ठाउँमा विविध कार्यक्रमसहित ‘स्वाथ्यमा सर्वव्यापी पहुँच दिवस २०२३’ मनाइएको छ । ‘हेल्थ फरअल टाइम फर एक्सन’ भन्ने मूल नाराका साथ नेपालका विभिन्न क्षेत्रमा यो दिवस मनाइएको छ ।
मैनापोखर बजारमा आयोजित ‘स्वाथ्यमा सर्वव्यापी पहुँच दिवस’ विशेष समारोह स्थानीय पालिकाका सामाजिक विकास समिति संयोजक तुलाराम चौधरीको अध्यक्षतामा तथा अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।
परराष्ट्र मन्त्रालय जापानको आर्थिक सहयोगमा आड्रा नेपालद्धारा स्थानीय साझेदार संस्था इनरुडेक संगको सहकार्यमा बर्दिया जिल्लामा कार्यान्वयन भईरहेको स्वास्थ्य सबलीकरण परियोजनाको सहयोगमा बढैयाताल गाउँपालिकामा दिवस मनाईएको छ ।
समारोहलाई सम्बोधन गर्दै गाउँपालिकाले वार्षिक बजेट तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतासहित कार्यक्रमहरु विनियोजन गरेको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए । आगामी वर्षहरुमा स्थानीय बजेटमा स्वास्थ्यलाई थप प्राथमिकतामा राख्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
स्थानीय स्वास्थ्य प्रणालीको सुदृधिकरणका लागि स्थानीय सरकारसंगको समन्वयमा सञ्चालन गरिने यस्ता कार्यक्रमहरुले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गरि सर्वसाधारण जनताको आधारभूत तथा प्राथमिक स्वास्थ्य सेवामा पहुँचका साथै गुणस्तरीय स्वास्थ्यको उपलब्धता सुनिश्चित गर्न महत्व पुर्ण भुमिका निर्वाह गर्ने परियोजना संयोजक तर्क बहादुर थापाले बताए ।
विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित पछिल्लो तथ्यांक अनुसार नेपालमा स्वास्थ्यमा सर्वव्यापी पहँुच अन्तर्गतका स्वास्थ्य सेवाहरुको प्रगति इन्डेक्स जम्मा ५९ प्रतिशत मात्र रहेको छ । नेपालमा पछिल्ला वर्षहरुमा स्वास्थ्य क्षेत्रमा लगानी घट्दै गरेको परिप्रेक्ष्यमा स्थानीय सरकारले स्वास्थ्य क्षेत्रका आवश्यकता र समस्याहरुलाई सम्बोधन गर्दै अगाडी बढ्नु पर्ने देखिन्छ ।
कार्यक्रमको संचालन इनरुडेकका प्राविधिक सहायक द्रोण राज उपाध्यायले गरेका थिए । समारोह कार्यक्रममा बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी लगायत सम्पूर्ण बिषयगत समिति संयोजकहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमूखहरु तथा स्थानिय नागरिक समाजका अगुवा तथा प्रतिनिधिहरुको सक्रिय सहभागीता रहेको थियो ।