बिपन्न घरमा दाताहरुको पारिलो किरणले घरभित्र उज्यालो छायो
बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित

बर्दिया,मंसिर २८ (फरकसमाचार) / फुसको घर । तप तप शित खस्ने तराईको मंसिर अन्तिम । त्यहा भित्र बस्ने ९ जनाका परिवार मध्यका जेष्ठ नागरिक गुलरिया गाउँका हनुमान पासीले देह त्याग गर्छन् । कमाएर ल्याउँने ति पासी अस्ताएपछि घर उज्यालो थिएन । १२ दिन भोकभोकै बितेको पल पासी परिवार भयावह बन्दै थियो ।

फरक समाचारको रिपोटिङ र फेसबुकमा लेखिएको सहयोग याचना बुधबार दिउँस देखि पारिलो किरण घर भित्र पसेको छ । बिपन्नताले भित्राएको पिडामा दाताको सहयोगले ति सदस्य मुखमा माड लाग्ने भएको छ । यस कथामा समेटिएका बिषय बस्तुलाई बुनेर यो समाचार तयार पारिएको छ ।

बिपन्नको लागि जुटेको सहयोग फरक समाचार टिमले जस्ताको त्यस्तै पिडित परिवारलाई हस्तान्तरण गरेको छ । गुलरिया नगरपालिका–७ गुलरिया गाउँका स्वर्गिय हनुमान पासीको परिवारलाई जुटेको सहयोग बुधबार फरकसमाचार टिमले हस्तान्तरण गरेको हो । एक दिनमा जुटेको सहयोग पासीको परिवारलाई बुधबार हस्तान्तरण गरिएको छ ।

फरक समाचारमा केही दिन अगाडि मात्र रोडको किनार ऐलानी जग्गामा सात छोरीसहित बुढा बुढीको नौ जनाको परिवारको गरिबिको स्थिती भिडियो रिपोर्टमार्फत देखाईएको थियो । बिडम्बना नौ जनाको परिवारको लालन पालन गर्ने मुख्य जिम्मेवारीमा रहेका हनुमानको अघिल्लो साता मृत्यु भयो । मृत्यु भएको पासीको अझै काजक्रियासमेत भएको छैन । आर्थिक स्थिती नाजुक हुँदा पासीको परिवारले कसरी काजक्रिया गर्ने अलमल थियो । सहयोगी मनहरुको साथ र सपोटले सहयोग जुटेको छ । जुटेको सहयोगले स्व.पासीको परिवारलाई केही सहजता मिल्ने विश्वास छ ।

दैनिक कमाएर बिहान साँझको छाँक टार्ने मुख्य व्यक्ति अस्ताएपछि परिवारमा झन् संकट थपिएको छ । परिवारका सदस्यहरु भोकभोकै रहेको फरक समाचार मिडिया हाउसलाई जानकारी प्राप्त भएपछि बुधबार बिहान परिवारलाई सघाँउन फरक समाचार फेसबुक पेजमा स्टाटस लेखिएको थियो । स्टाटस देखेर धार्मिक काममा सहयोगी मनहरुले सघाँउदा पासीको परिवारलाई सहयोग जुटेको छ ।

स्टाटस देखेर सहयोग गर्ने दृढ विश्वासका साथ गुलरिया नगरपालिका–६ का कुशल दाहाल हाल अष्ट्रेलिया सिड्नीबाट फरक समाचारको सम्पर्कमा आए । कुशल दाहालले आफ्नो स्वर्गिय बुवा कैलाश रुपाखेतीको स्मृतिमा पासीको परिवारलाई रु १५ हजार १ सय पठाएका छन् ।

दाहालबाट प्राप्त रकमको रु ८ हजार ५ सय बराबरको पिडित परिवारलाई अतिआवश्यक सामाग्री डस्ना ३ पिस, फाइबर सिरक ३ पिस, तन्ना ३ पिस, सिरानी ३ पिस र १ थान त्रिपाल हस्तान्तर गरिएको छ । त्यसैगरी बाँकी बचेको रु ६ हजार ६ सय नगद स्व.पासीको श्रीमतिलाई हस्तान्तर गरिएको छ । गुलरिया नगरपालिका–७ निवासी निरज कर्णले पिडित परिवारलाई २५ किलोग्रामको एक बोरा चामल, दाल उपलब्ध गराएका छन् र ५० किलोग्राम गहँु उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

पिडित परिवारलाई गुलरिया नगरपालिका–७ का वडा अध्यक्ष मनोज कुमार यादवले व्यक्तिगत रुपमा रु ५ हजार नगद र २५ किलोग्रामको १ बोरा चामल दिएका छन् र २ वटा ब्ल्यांकेट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

गुलरिया नगरपालिका–७ का इरफान अलि धोबीले २५ किलोग्रामको १ बोरा चामल र १ बोत्तल खाने तेल सहयोग गरेका छन् । त्यसैगरी खैरापुर नबाब टेन्ट हाउसले २५ किलोग्रामको १ बोरा चामल उपलब्ध गराएको छ । प्राप्त रकम र सहयोग सामाग्री फरक समाचारका प्रबन्ध निर्देशक निर्मल घिमिरेले पिडित परिवारलाई हस्तान्तरण गरेका छन् । बिपन्न पिडित परिवारलाई सहयोग उपलब्ध गराएर मानकारी हातले गरेको कार्य सह्रानिय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय