भूमिहिन तथा अव्यवस्थित बसोबासीहरुको उचित व्यवस्थापनको माग
शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित

बर्दिया,मंसिर २९(फरकसमाचार) / भूमि हिन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको जग्गा दर्ता तथा व्यवस्थापनको माग गर्दै दबाब स्वरुप गुलरियामा ¥याली निकालिएको छ । राष्ट्रिय भूमि अधिकार मञ्च जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा दबाब स्वरुप बिहीबार गुलरियामा ¥याली निकालिएको हो ।

निकालिएको ¥याली जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेको थियो । जोतभोगको आधारमा जग्गा दे, भुमिहिनलाई पुर्जा दे लगायतका प्रदर्शनकारीले नाराबाजी गरेका थिए । यदि सरकारले हाम्रो मागलाई बेवास्ता ग¥यो भने चरणबद्ध आन्दोलनमा उत्रिनेसमेत प्रदर्शनकारीले जनाएका छन् ।

राष्ट्रिय भूमि आयोगमार्फत काम थालनी भएपछि समस्या समाधान हुने विश्वास बढेको थियो तर पछिल्लो समयमा लगत संकलन, प्रबिष्टीकरण, निस्सा वितरण तथा जग्गा नापजाँच कार्यमा ढिलाई हुनु र समयमा भूमिहिन सुकुम्बासी परिवारलाई उठिबास लगाउने गरि सुचना, आदेश जारी हुनले भूमि अधिकारबाट बञ्चितहरुको समस्या समाधान हुने कुरामा आशंका पैदा भएपछि दबाब स्वरुप प्रदर्शन गरेको जनाईएको छ । भूमि अधिकारबाट बञ्चितहरुमाथि फेरिपनि धोका हुने काम नहोस् भनेर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाललाई ७ बुँदे माग पत्र बुझाएको राष्ट्रिय भूमि अधिकार मञ्च जिल्ला कार्यसमिति बर्दियाका अध्यक्ष केश बहादुर विकले जनाए ।

भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्यलाई टुङगोमा पु¥याउन लगत संकलन, प्रबिष्टीकरण, निस्सा वितरण र जग्गा नापजाँच तत्काल शुरु गरियोस्, विगत जग्गा दर्ता सम्बन्धि विभिन्न आयोग वा समितिले गरेका निर्णयको छानबिन गरि चलन भोगका आधारमा वास्तविक पिडितले जग्गा प्राप्त गर्ने वातावरण निर्माण गरियोस् र भूमि सम्बन्धि ऐन २०२१ को आठौं संशोधन बमोजिम मोही हक बाँडफाँडका कार्यहरु तत्काल शुरु गरि जोताहा किसानको हक सुनिश्चित गरियोस्लगायतका माग छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय