प्रादेशिक महोत्सव गुलरियाको तयारी अन्तिम चरणमा
शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित

बर्दिया,मंसिर २९(फरकसमाचार) / प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०८० गुलरियाको तयारी अन्तिम चरणमा पुगेको छ । पौष ६ गते देखि १६ गतेसम्म चल्ने महोत्सवको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको हो ।

उद्योग वाणिज्य संघ गुलरियाको आयोजनामा संचालन हुने महोत्सव गुलरिया नगरपालिका–८ निलो आयल पेट्रोल पम्पको पुर्व पट्टि तिव्र रुपमा तयारी भईरहेको छ । महोत्सवको अधिकांश तयार भईसकेको र बाँकी काम धमाधम भईरहेको छ ।

टिन र तारबार गर्ने काम ९० प्रतिशत भईसकेको उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताए । ‘महोत्सवको मुख्य प्रवेशद्वार र स्टेज खडा भईसकेको छ’ अध्यक्ष पाण्डेले भने,‘अब सजाउने काम मात्र बाँकी छ ।’ त्यसैगरि स्टल बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ । ठुलो झुला पनि खडा भईसकेको छ । बच्चाहरुको लागि सानो झुला र रेल लगाउने काम भईरहेको अध्यक्ष पाण्डेले जनाए ।

महोत्सवको लागि प्रभावकारी रुपमा सुरक्षा व्यवस्था मिलाएको अध्यक्ष पाण्डेले जनाएका छन् । ‘सुरक्षा व्यवस्थाको लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पत्रचार गरि अनुरोध गरिसकेका छौं’अध्यक्ष पाण्डेले भने,‘त्यसैगरी १६ जना निजी सेक्रेटरी गार्डको व्यवस्था गरेका छौं ।’ ‘महोत्सव उद्घाटनको लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई अनुरोध गरेका छौं’अध्यक्ष पाण्डेले भने,‘उहाँले पनि आउछु भन्नुभएको छ ।’

प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवले लुकेका स्थानीय कला संस्कृतिलाई चिनाउने विश्सवास छ । महोत्सवमा स्थानीय जातजातिका खानाका प्रकार,धर्म संस्कृति भल्काउने खालका झाँकी,बर्दिया जिल्लामा लुकेर रहेका प्रतिभा, घरेलु उद्योगबाट उत्पादित वस्तु, कला संस्कृति, धार्मिक स्थलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार प्रसारमा सहयोग पु¥याउनेछ । त्यसैगरी महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय