बर्दिया,पौष १ (फरकसमाचार) / नेपाल आयल निगमले शुक्रबार मध्यराति देखि लागु हुने गरि पेट्रोल, डिजल र मट्टीतेलको प्रति लिटरमा मुल्य रु ३ घटाएको छ । निगमले इन्धनको मुल्य घटाउँदा बर्दिया स्थित रहेका पेट्रोल पम्प बन्द हुँदा सर्वसाधारण सास्ती व्यहोर्नु परेको हो । मध्यरात देखि घटेको मुल्य लागु हँदा शनिबार बिहान देखि बर्दिया स्थित रहेका पेट्रोल पम्प बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।
इन्धनको मुल्य घट्दा पेट्रोल पम्प संचालकहरुको मनोमानीले गर्दा सर्वसाधारणलाई मर्कामा परेका छन् । शनिबार पेट्रोल पम्पमा डिजल लिन पुगेका अधिकांश किसानहरु फर्केको गुनासो छ । त्यसैगरी यात्रा गर्ने यात्रुवाहक सवारी साधनसमेत नपाएको गुनासो छ ।
यति बेला गहुँलगायत अन्य बाली सिचाँई गर्न इन्धनको आवश्यक भएको बेला पेट्रोल पम्पका संचालकहरुको दादागिरीले दुःख पाएको एक किसानले बताए । ‘खेती गर्ने समयमा विभिन्न बहानामा किसानलाई दुःख दिने काम हो’ उनले भने,‘निगमले मुल्य घटाएको बहानामा संचालकले पेट्रोल पम्प बन्द गरेर किसानलाई किन दुःख दिएका छन् ।’अनुगमन गर्ने निकाय सक्रिया नहुँदा यसरी दुःख दिने काम भईरहेको उनले सुनाए ।
इन्धनको मुल्य घटेर पेट्रोल पम्प बन्द हुँदा सर्वसाधारणलाई सास्ती पाएको विषयमा जानकारी लिन सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्दा फोन उठेन ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको जनाएको छ । निगमले भने ३ रुपैयाँ मात्र मूल्य घटाएको छ ।