वडाले संचारकर्मीहरुको क्षमता अभिवृद्धि गर्दै
मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित

बर्दिया,पौष ३(फरकसमाचार) / गुलरिया नगरपालिका वडा नंम्बर ६ ले संचारकर्मीहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । गुलरिया नगरपालिका ६ नंम्बर वडा कार्यालयको सहयोग र नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाको आयोजनामा सोमबार क्षमता अभिवृद्धि कार्यक्रम गरिएको हो ।

‘सत्य निश्पक्ष पत्रकारिता हाम्रो अभियान’ भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको छ । पत्रकारिताको नम्सलगायत आधारभूति कुराको बारेमा पत्रकार महासंघ बर्दियाका पुर्व अध्यक्ष राजेन्द्र प्रसाद धितालले संचारकर्मीहरुलाई प्रशिक्षण दिएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै संचारकर्मीहरुको क्षमता अभिवृद्धिको लागि वडाले कार्यक्रम राखेको गुलरिलया नगरपालिकाका नगर प्रवक्ता तथा वडा नंम्बर ६ का वडाअध्यक्ष सुधांशु प्रकाश शर्माले बताए । ‘यस कार्यक्रमले संचारकर्मीहरुलाई सहयोग पुग्नेछ’अध्यक्ष शर्माले भने,‘वडा र नगरमा भएका कमीकम्जोरीलाई जानकारी गराए समयमै समाधान गर्न प्रयास गर्नेछौं ।’

राज्यले तोकेको सेडुल भन्दा फरक किसिमको जनप्रतिनिधिले काम गर्न सक्छन् । त्यसमा संचारकर्मीले खबरदारी गर्न आवश्यक रहेको अध्यक्ष शर्माले जनाए ।
क्षमता अभिवृद्धि कार्यक्रम प्रेस युनियन जिल्ला शाखा बर्दियाका अध्यक्ष दीपकलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।

क्षमता अभिवृद्धि कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, नगर प्रवक्ता तथा वडा नंम्बर ६ का वडा अध्यक्ष सुधांशु प्रकाश शर्मा, पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव आचार्य, प्रेस युनियन जिल्ला शाखा बर्दियाका अध्यक्ष दीपकलाल श्रेष्ठलगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय