बर्दिया,पौष ६(फरकसमाचार)/ डल कुसन तथा गुलरिया बनाउने दश दिने तालिम सम्पन्न भएको छ । दश दिने तालिम बुधबार सम्पन्न भएको हो । गुलरिया नगरपालिका ५ नंम्बर वडा कार्यालयले महिलाहरुलाई आत्मनिर्भर बनाउन डल कुसन तथा गुडिया बनाउने सम्बन्धि दश दिने तालिम दिएको छ । गुलरिया नगरपालिका–५को आर्थिक सहयोग तथा अग्रिमा हस्तकला टे«निङ सेन्टरको आयोजनामा १५ जना महिलाहरुलाई तालिम दिइएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै महिलाहरुको क्षमता वृद्धिका लागि वडाले आगामी दिनमा तालिमहरु सञ्चालन गर्ने गुलरिया नगरपालिका–५ का अध्यक्ष मुम बहादुर मल्लले बताए । तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
गुलरिया नगरपालिका ५ नंम्बर वडाले संचालन गरेको दश दिन तालिम अवधि सिप सिकाईको लागि प्रयाप्त नरहेको प्रशिक्षार्थी देवी सापकोटाले बताईन् । आगामी दिनमा वडाले यस्तो सिपमुलक तालिमको आयोजना गर्दा अवधि बढाएर आयोजना गर्न उनले सुझाईन् ।
तालिम समापन कार्यक्रममा वडा सचिव घनश्याम अधिकारी,वडा सदस्य रतन बहादुर ठकुराठी, शोबिन्द्र वहादुर चौधरी अग्रिमा हस्तकला प्रशिक्षण केन्द्रका सञ्चालक तथा प्रमुख प्रशिक्षक निर्मला धमला लगायतको सहभागिता रहेको थियो । समापन कार्यक्रम अग्रिमा हस्तकला प्रशिक्षण केन्दका व्यवस्थापक सागर चापागाईले गरेका थिए ।