बर्दिया,पौष ६(फरकसमाचार) / आज देखि प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा सुरु हुँदैछ । उद्योग वाणिज्य संघ गुलरियाको आयोजनामा दश दिनको लागि लाग्ने महोत्सवको आज साढे १२ बजे उद्घाटन हुने कार्यक्रम रहेको छ ।
आज शुक्रबार (पौष ६ गते) देखि सुरु हुने महोत्सव पौष १६ गतेसम्म चल्नेछ । गुलरिया नगरपालिका–८ निलो आयल पेट्रोल पम्पको पुर्व पट्टि महोत्सव लागेको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले भरपुर मनोरन्जन गराउने छ ।
प्रादेशिक महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्नेछन् । महोत्सवमा आज राष्ट्रिय कलाकार दिपक खड्का र शोभा त्रिपाठी आउने उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले जनाएका छन् ।
त्यसैगरी पौष ७ गते प्रिति आले, सुनिल पण्डित, अस्मिता पुरी, ८ गते सुप्रीम मल्ल, सोनु कुस्मी, कमल विसि, ९ गते एलिना चौहान, राजमी खाड, दर्पण कुस्मी, १० गते सान्ती श्री परियार, श्रीनिवास चौधरी, ११ गते प्रमोद खरेल, अन्जली अधिकारी, राज कुस्मी आउने छन् ।
१२ गते चक्र बम, अन्जु कुस्मी, टीका जैसी, १३ गते रमेश राज भट्टराई, ज्योति मगर, १४ गते प्रीति पास्वान, आरके थारु, एन्जिला रेग्मी, १५ गते पल शाह, पुर्णकला विसि, काजिस श्रेष्ठ, १६ गते अनु चौधरी दिनेश काफ्ले, कोस खड्का र विष्णु थापा आउने सेडुल रहेको जनाईएको छ ।