संक्रमणकालीन न्यायलाई सहमतिमै टुंग्याउन शीर्ष नेताको जोड, सोमबार पुनः छलफल
आइतबार, पुष ०८, २०८० मा प्रकाशित

काठमाडौँ,पौष ८ / प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबिच संक्रमणकालीन न्यायसम्बन्धि विधेयकलाई सहमतिमै अघि बढाउनेबारे छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच संक्रमणकालीन न्यायलाई सहमतिमै टुंग्याउने विषयमा छलफल भएको बालुवाटार बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

‘संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा नेताहरुबिच छलफल भयो । सामान्यतया यो विषयलाई चाँडो टुंगोमा पुर्याउ भन्नेमा नेताहरुले भनाइ राख्नुभयो’, नेता लेखकले भने, ‘सोमबार बेलुका चार बजे पुन: अर्को बैठक बसेर छलफल गर्ने सहमति भएको छ ।’

उनका अनुसार नेताहरुबिच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)मा सहमति जुटाउनुपर्नेमा नेताहरुको जोड रहेको छ । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय