बर्दिया,पौष ९(फरकसमाचार) / बाघ आक्रमणमा परि ज्यान गुमाएका बालकको परिवारलाई बारबर्दिया नगरपालिकाले रु एक लाख दिने भएको छ । नगरपालिकाले आज सोमबार मृतक बालकको परिवारलाई रकम हस्तान्तरण गर्ने जनाएको हो ।
बारबर्दिया नगरपालिका–४ का १२ वर्षिय सुमित थारुको शनिबार बाघ आक्रमणले ज्यान गएको थियो ।
बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारु, उप–प्रमुख रत्न कुमारी पाण्डे र प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले रकम हस्तान्तरण गर्ने जनाईएको छ । पिडित परिवारलाई नगरपालिकाबाट रु एक लाखको चेक हस्तान्तरण गरिने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।
शनिबार दिउँसो साढे १२ बाजे बालक बबई नदीमा नुहाएर जिरा सामुदायिक वनको बाटो घर फर्किदै गर्दा बाघले आक्रमण गरि गम्भिर घाईते बनाएको थियो । घाईते बालकको आरसि मेमोरियल अस्पताल जयनगरमा उपचारको क्रममा साढे १ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।