‘सेवाग्राहीको सेवा नै पहिलो प्राथामिकता’
बुधबार, पुष ११, २०८० मा प्रकाशित

बर्दिया, पौष ११ (फरकसमाचार) / प्रमुख जिल्ला अधिकारी बेद प्रकाश खरेल मंगलवार पत्रकारसँग साक्षात्कार भएका छन् । दुई दिन अघि हाजिर भएका प्रजिअ खरेलले सूचनाको आदान प्रदान गरेर नै सेवाग्राही मैत्रि प्रशासन अनुभुति हुने उल्लेख गर्दै सेवाग्राही मैत्रि प्रशासनको अवधारणा अहिले आवश्यक्ता रहेकोे औल्याए । जिल्लामा रहेका समस्यालाई समाधान गर्न संचारकर्मीहरुसंग समन्वय र सहकार्य गरेर मात्र जनमुखी सरकारी सेवा प्रदान गर्न सकिने उनले खुलाए ।

यसभन्दा अघि कार्यरत रहेका जिल्लामा लामो समय काम गर्दा भोगेका वा हुने गरेका कार्यको अनुभव पत्रकारसँग साटेका थिए । जिल्लाको शान्ति सुरक्षा कायम गर्न, जिल्लावासीलाई सेवा प्रर्वाह छिटो छारितो गर्न, मालपोत कार्यालयको ढिलासुस्ती, भन्सारको समस्या, खुल्ला सिमानाका कारण हुने चोरी पैठारी, विकास निर्माण, मानव वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरण लगायतका समस्या समाधान गर्न संचारकर्मीहरुसंग सहकार्य गरेर अघि बढ्ने प्रजिअ खरेलले बताए ।

‘तपाई हाम्रो सहकार्य सुमधुर बनाउन आ–आफ्नो पेशागत आचारसंहिता र मुल्य मान्यतामा रहेर सहकार्य गर्नुपर्छ’ प्रजिअ खरेलले भने,‘तपाईहरुसंगको सहकार्य जति प्रभावकारी हुन्छ, त्यति जिल्लामा सेवा प्रर्वाह प्रभावकारी बन्छ ।’ त्यसकारण संचारकर्मीहरुलाई सुचना दिनमा प्रशासन कार्यालयले कन्जुसाई नगर्ने जनाए । वन्यजन्तुको समस्या समाधान गर्न तपाई हामी वन्यजन्तुका विज्ञहरुसंग बसेर छलफल गरेर अघि बढ्ने भनाई राखे ।

जिल्ला सुरक्षा समितिका सबै भन्दा नजिकको साथी संचारकर्मीहरु रहेको प्रजिअ खरेलले बताएका छन् । सुरक्षा व्यवस्थालाई बजबुत बनाउन आवश्यक सुचना प्रर्वाह गर्न र हाम्रो सरकारी सयन्त्रले नदेखेको समस्याहरु प्रशासन समक्ष पुगाईदिन संचारकर्मीहरुलाई प्रजिअ खरेलले आग्रहसमेत गरे ।

लागु औषध नियन्त्रण गर्न संवेदनशिल हुनु पर्ने औल्याउँदै त्यस तर्फ सुरक्षा व्यवस्थाको ध्यान जान जरुरी रहेको पत्रकारहरुले जोड दिएका छन् । प्रजिअसंग संचारकर्मीहरुको भेटघाटनमा पत्रकार कमल पन्थी, निर्मल घिमिरे, ज्योती पन्थी, होमेन्द्र थापा, दिपकलाल श्रेष्ठ, डिल प्रकाश गौतमलगायतले जिल्लाको समसमायिसक विषयमा प्रजिअलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर