बर्दिया,पौष ११(फरकसमाचार)/ हामीलाई लाग्छ, सरकारी सुरक्षाकर्मीको जिम्मामा मात्र बिभिन्न क्षेत्र पर्छ । अपराध, सीमा समस्या, राजश्व चुहावट, निकुन्जमा हुने चोरी तस्करी र सामुदासयक वन भित्र हुने वन्यजन्तु वा वन तस्करी जस्ता संबेदनशिल क्षेत्रमा आ–आफ्नै कार्यक्षेत्र भएका सरकारी सुरक्षाकर्मीको सुरक्षा जिम्मा क्षेत्रमा पर्छन् ।
तर,पछिल्लो समय वन संरक्षणका लागि स्थानियको सहयोगमा यूवा दस्ता खडा गरेर वा सहभागितामा नयाँ रणनिति डिभिजन वन कार्यालयले अख्तियार गरेको छ । जिल्लामा रहेका सब–डिभिजन कार्यालय अन्र्तगत सामुदायिक वन र राष्ट्रिय वनसँग जोडिएका अति संबेदनशिल क्षेत्र जहाँ चोरी शिकारी देखि कटानी हुने क्षेत्रका रुपमा पहिचान गरिएको छ ।
त्यस्ता ठाउँमा समुहका पदाधिकारी, वन कर्मचारी र स्थानीय यूवालाई प्रशिक्षित गरेर डिभिजन वन कार्यालयले यूवालाई प्रशिक्षित गरेर अभियान संचालन गरेको हो । जिल्लाको ठूलो भूगोल ओगटेको सब डिभिजन कार्यालय मगराडीले ६ वटा समूह मार्फत चोरी शिकारी र वन तस्करी रोक्न स्थानीयको सहभागितामा गरिएको संरक्षण अभियानले दिगो वन संरक्षण टेवा पुग्ने अभियानलाई स्थानीयले सकारात्मक रुपमा लिएका छन् ।
सामुदायिक पदाधिकारी संलग्न वन संरक्षणका लागि तयार गरिएको दस्ता रातीमा गस्ती गर्दा आवश्यक पर्ने टर्च, पोशाक सुरक्षाका लागि डन्डा लगायतका अति आवश्यक सामाग्री सामुदायिक वनले उपलब्ध गराएको सब डिभिजन कार्यालयबाट जानकारी प्राप्त भएको छ । स्थानीय यूवाको सहभागितामा भएको समुह जसले रातीमा वन प्रशासनसँगको सहकार्यमा सूचना आदान प्रदान गर्दा वन तस्कर गर्ने गिरोह समेत निरुत्साहित भएको पाईएको छ ।
स्थानीय यूवाको सहयोगमा समुह वनाएर तस्करीका लागि गरिएको सानो प्रयासले वन संरक्षणमा स्थानीयको लगाव बढेको पाईएको सब डिभिजनका प्रमुख ज्ञान बहादुर चौधरीले जानकारी दिए । ‘सामुदायिक वन क्षेत्रका केहि स्थान संबेदनशिल क्षेत्रका रुपमा पहिचान भएका छन्’उनले भने,‘गस्ती देखि सूचना आदान प्रदान गर्न समुहले दिएको सूचनाले सब डिभिजन कार्यालय लाभान्वित भएको छ ।’ स्थानीयलाई वन संरक्षणमा अपनत्व बढाएका स्थानीयको सहभागिता जोड दिन पर्ने उनी बताउँछन् । उनका अनुसार सब डिभिजन कार्यालय अन्र्तगतका वन संरक्षणका लागि ६ वटा समुह निर्माण भएको छ ।
जिल्लामा रहेका सब डिभिजन कार्यालयको जिम्मा भित्र पर्ने वनको संरक्षणका लागि स्थानीयको सहभागिता जरुरी भएको औल्याएपछि समुह निर्माण गर्ने अभियानलाई तिब्रता दिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी द्रोणराज शर्माले बताए । उनका अनुसार यस अभियानलाई सशक्त पार्न तालिम दिएका यूवाहरुको सहयोगमा गस्ती गर्ने र स्थलगत सूचनाको भेरीफाई गरेर जिल्लाबाट टोली परिचालन हुने गरेको छ ।
‘वन संरक्षण गर्न स्थानीयको सहभागिताको विकल्प छैन,’उनले भने,‘वन कर्मचारीसँग जादुको छडि छैन,जस्ले बिना सूचना तस्कर पक्राउँ गरिहालोस् ।’ पाईट प्रोजेक्ट रुपमा लन्च गरिएको स्थानीय सहितको निर्माण भएको समुहले वन संरक्षणमा गरेको योगदानको आउट पुट हेरेर वन कार्यालय समूह विस्तार गर्दे जाने उनले जानकारी दिए ।