गायक खरेलको प्रस्तुतीमा नाचेर रमाए दर्शक
बिहिबार, पुष १२, २०८० मा प्रकाशित

बर्दिया,पौष १२ (फरकसमाचार) / प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियाको छैटौं दिन गायक प्रमोद खरेलको प्रस्तुती दर्शकहरु झुमेर नाचेका छन् । गायक खरेलले एक पछि अर्को प्रस्तुती राख्दा छरिएर रहेका दर्शकहरु स्टेज अगाडि जम्मा भएर नाचेर साथ दिए । दर्शकहरुको नाच्दा र वान्स मोर वान्स मोर भनेर हुटिङको उत्साह देख्दा गायक खरेलमा झन् उर्जा थपिएको थियो ।

गायक खरेलले रातो टिका निधारमा, झुम्मा झुम्कावाली, लाईदेउना मायाले, यो कुरा गोप्य राखौला, चल बतास चल चल, म बाचेको तिमीसंग माया लाउनलगायतका गित पस्केका थिए । त्यसैगरि गायक दर्पण कुसम्या र मोडल अन्जली अधिकारीको बेजोड प्रस्तुती रहेको थियो ।
महोत्सवपौष ६ गते देखि पौष १६ गतेसम्म चल्नेछ । गुलरिया नगरपालिका–८ कोठिया गाउँ नजिक (निलो आयल पेट्रोल पम्पको पुर्व पट्टि) महोत्सव चलिरहेको छ ।

आज बिहीबार लोकप्रिय गायक रमेशराज भट्टराई, गायिका अनिता चलाउने, मोडल डान्सर टिका जैशी र अनुश्का चौधरीको महोत्सवमा बेजोड प्रस्तुती रहने उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले जानकारी दिए ।

प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियाको थारु गाउँमा स्थानीय खानाका स्वादिष्ट परिकार उपलब्ध छ । महोत्सवमा राम्रै बिक्री भईरहेको कोठिया थारु गाउँकी संचालक गुड्डी थारुले बताईन् । महोत्सवमा आएका दर्शकहरुको लागि कोठिया थारु गाउँ स्टलमा ढिक्री, माछाका परिकार, गाँगेठो, गोघि, सेकुवा, बैरको चट्नी, आनन्दीको रोटीलगायतका स्वादिष्ट खानाका परिकार उपलब्ध रहेको जानकारी दिईन् ।

त्यसैगरि महोत्सवको आकर्षकमा थारु गाउँ, बालबालिकाको लागि रेल, पिंङ, मिक्की माउसलगायत खेल्ने खेलौना, माउतका कुँवा, कृषि, घरायसी सामान, कपडा, भाडा वर्तनलगायतका विभिन्न स्टल छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर